एनआरएनए ११औं महाधिवेशन : अध्यक्षबाट ब्याक भएका पौडेल भन्छन्, ‘सहमति र सहकार्यका लागि मेरो त्याग हो’

Image
काठमाडौं–आगामी अक्टुबर १७ देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी)को ११औं महाधिवेशनमा वर्तमान महासचिव डा.केशव पौडेल उपाध्यक्षमा उठ्ने तयारी गरेका छन्। धेरैले उनलाई अध्यक्षमा प्रतिस्पर्धा गर्ने ठानिएको भएपनि उनी उपाध्यक्षमै अडिने तयारीमा छन्। किन त ? उनी भन्छन्, ‘सहमति र सहकार्यका लागि मेरो त्याग हो। संस्था अझै पनि व्यवस्थित बन्न सकेको छैन। सहमति र सहकार्यको विकल्प छैन, त्यसको शुरुआत कसैले न कसैैले गर्नै पर्छ त्यसको शुरुआत मैले गरेको हुँ।’ उनी संस्था संस्थागत, पारदर्शी र पद्धतिमा हिड्नुपर्ने मान्यता राख्ने एनआरएनएकर्मी हुन्। उनी भन्छन्, ‘यो मेरो अगाडिदेखि कै अभियान हो, महासचिवको रूपमा काम गर्दा यसको कार्यान्वयनका लागि मैले धेरै प्रयास गरेको पनि छु, यसलाई अझै सुदृढ बनाउनको लागि म उपाध्यक्ष भएर पुरा गर्नुछ ।’ उनी एनआरएनमा आन्तरिक विवाद पनि देखिएको तर सबै एक भएर जानुको विकल्प नभएको उनको भनाइ छ। ‘यसको प्रयास भएको पनि छ, अबको कार्यसमितिले त्यसलाई अझै बलियो बनाएर लैजानुपर्नेछ,’ उनी भन्छन्। आफू उपाध्यक्षमा निर्वाचित भएपछि गैरआवासीय नेपालीको पक्षमा धेरै काम गर्न बाँकी रहेको र अबको कार्यकालमा त्यसलाई पूरा गर्ने उनको प्रतिबद्धता छ । ‘वंशजको नागरिकता एनआरएनले पनि पाउनुपर्छ, सामाजिक सुरक्षा कोषको कार्यान्वयन, गैरआवासीय नेपालीको भोटिङ राइटको कार्यान्वयन, एनआरएन मन्त्रालयको व्यवस्था, सामुहिक लगानी, डलर खाता, दोहोर कर हटाउन आवश्यक समन्वय, विदेशमा सिकेको शीपको व्यवहारिक प्रयोग लगायतमा म उपाध्यक्ष बनेपछि समन्वय गर्छु, ’ उनले भने।  
Tags: