दशैंको अवसरमा झमेल रक्सको ‘खसीकप फुटसल’ प्रतियोगिता 

Image
ललितपुर–नेपालीहरुको महान् चाड दशैंको अवसरमा झमेल क्षेत्रका युवाहरुको समूह झमेल रक्सले दशैं खसी कप फुटसल प्रतियोगिताको आयोजना गरेको छ । ‘सामाजिक तथा खेलकुद क्षेत्रमा प्रतिबद्ध’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्देै अघि बढिरहेको झमेल रक्सले हरेक बर्ष खसी कप फुटसल आयोजना गरी भाइचार र सांस्कृतिक सहअस्तित्वको लागि योगदान गर्दै आएको झलेम रक्सका अध्यक्ष जितेन्द्र थापामगरले बताए । संस्कृति र चाडपर्वको जगेर्ना तथा भातृत्व विकाश गर्न बडा दशैँको अवसर पारेर दशैँ खसी कप फुटसल प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । घटस्थापनाका दिन हुने खसी कप फुटसल प्रतियोगितामा १९ टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न ललितपुर महानगरपालिका वडा नं २ ले मुख्य सहयोग गरेको दानबहादुर थापामगरले बताए । प्रतियोगितामा प्रथम हुनेले ३० केजीको खसी सहित नगद रू. १० हजार र प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछ भने दोस्रो हुनेले २८ केजीको बोका सहित नगद रू ५ हजार र प्रमाणपत्र एवम् मेडल प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडि र उत्कृष्ट गोलरक्षकलाई एक एक क्रेट अण्डा र नगद रू. १ हजार उपलब्ध हुने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई मायाको चिनो प्रदान गरिने कुरा पत्रकार सम्मेलनमा समुहका अध्यक्ष जितेन्द्र थापा मगरले बताए ।
Tags: