फिल्म जस्तै  ‘रातो टिकी’

Image
काठमाडौं– परदेशीएका श्रीमान परदेशमै अस्ताए पछि घर देशमा कुरेर बसेकी जीवन संगीनीको जीवनमा के के आइपर्छ होला ? सुरेश अधिकारीको शब्द संगीत र कृष्ण वि.क, मेलिना राई र रेखा जोशीले गाएको गीत ‘रातो टिकी’मा यसको जवाफ छ। महानायक राजेश हमाल, अर्का अभिनेता दिलिप रायमाझी, अभिनेतृद्वय निता ढुंगाना र केकी अधिकारको अभिनय यो गीतको अर्को सुन्दरता हो। गीतलाई जिबी आग्रीले निर्देशन गरेका छन्। गीतमा कोरियोग्राफीमा कविराज गहतराज र सञ्जय लामाको टिम क्यामरामा छ। के छ गीतमा ? यो कथा एउटी एकल महिलाको हो । परदेश गएको उनको श्रीमान्को उतै निधन भएपछि यता गाउँ घरमा उनको दैनिकी कष्टकर बन्छ। विगतमा श्रीमानसँग मेला जाँदा रातो टिकी, चुरा किन्दिने आफ्नो जोडीले परदेशी भूमिमा ज्यान गुमाउँदा यता विक्षिप्त भएकी ती महिला विगतको याद गर्दै त्यही पुरानो मेला लाग्ने ठाउँमा जान्छिन्। त्यस मेलामा सबैका जोडी रंगीचंगी नाच्दै गाउदँै रमाएको देख्दा ती एकल महिला पनि विगतको स्मरणमा पुग्छिन् र नाच्न थाल्छिन्। सेतो पहिरनमा मानसिक सन्तुलन गुमे जसरी मेलामा नाचेको देखेर उनका ससुराले नाच्न रोकेर आफ्नो छोरा बितेको २ वर्ष भएको छैन तिमी यसरी आफ्नो मर्यादा तोडेर रमाउन मिल्छ भन्दै एक छापड हान्छन् । त्यही मेलामा नाच्न आएका जोडी दिलिप रायमाझी र केकी आधिकारीले ती एकल महिलालाई साथ दिन्छन्। उनीहरुले महिलका ससुरालाई सम्झाउँछन्,‘मर्ने त मरेर गए, जिउनेहरुको खुसी र उनको रहर किन मार्नु आखिर यो रातो टिकी नै त मागेकी हुन् । दैवले त उनको खुसी लुट्यो लुट्यो तर हामिले उनको रहरलाई लुटिन दिनु हुन्न भन्दै आफुले लगाएको रातो टिकी ती एकल महिलालाई लगाइदिन्छन्। । उनीहरू एकै आवाज भन्छ्न, ‘सोच बदलौ समाज आफै बदलिने छ ।’ https://www.youtube.com/watch?v=VGEUoZu54v8&pp=ygUKcmF0byB0aWthIA%3D%3D  
Tags: