सूचना प्रविधि क्षेत्रको सम्भावना र अवस्था
ई. दिपेश न्यौपाने ।
हामीले आफूलाई सुधार्दै भने लगेका छौं, जस्तो मोबाइल टु मोबाइल कारोबार हुने कुरा, पैसा नै नदेखेरै पनि कारोबार हुने कुरा हामीले कुनै समय कल्पना पनि नगरेको विषय हो।
सूचना प्रविधि (आईटी) कम्पनी र यसका क्षेत्रका विषयमा हाम्रो बुझाई अझै सकारात्मक बन्न सकेको छैन। नेपालमा दर्ता भएका आईटी कम्पनी दर्ताको समयदेखि नै धेरै झन्झट बेहोर्दै आएका छन्। आईटीमार्फत फड्को मार्ने नारा हामीले घेरै सुन्छौं तर परम्परागत डकुमेन्टेसनको प्रक्रियाबाट अहिले पनि बाहिर आउन सकिएको छैन। आईटीमार्फत काम गर्ने कुरालाई धेरैतिर स्वीकार्न सकिएको पाइदैंन। यसबाट कसरी टाढा भाग्ने प्रवृत्ति व्याप्त छ। सेवा क्षेत्रमा कामगर्ने धेरैलाई यसलाई अंगाल्दा यसमा भिज्न नसक्दा आफ्नो जागिरै जान्छ कि भन्ने बुझाई देखिएको पाइन्छ। प्रविधिलाई प्रयोग गर्ने कुरामा झन्झट मान्ने प्रवृत्ति छ। आफ्नो कमजोरी लुकाउनको लागि प्रविधिको विकास र परिवर्तनलाई रोक्ने प्रयास भएको छ। हामी संसारलाई नै डिजिटलाइज्ड बनाउनुपर्छ भन्ने कुरामा मान्यता राख्छौं, व्यवहारमा हामीले आफूलाई सुधार्दै भने लगेका छौं, जस्तो मोबाइल टु मोबाइल कारोबार हुने कुरा, पैसा नै नदेखेरै पनि कारोबार हुने कुरा हामीले कुनै समय कल्पना पनि नगरेको विषय हो। यसलाई विस्तारै स्वीकार गर्दै गइएको छ। तर यसको प्रभावकारिताको सवालमा, प्रयोग बढाउने कुरामा, प्रविधि अनिवार्य हो भन्ने कुरामा बुझाई साँघुरो छ। कुरा सामान्य छ, त्यस्तै विभिन्न सेवा क्षेत्रमा पनि हामीले तालिम लियौं भने गर्न सक्छौं। यसले हामीलाई नै सहयोग गर्छ, आफ्नै क्षमतालाई सुधार गर्न सकिन्छ भन्ने कुराको साक्षरताको विकास गर्नु जरुरी छ। अहिले अभिभावकहरूले आफ्ना छोराछोरीलाई प्रविधिमैत्री बनाउनको लागि ठूलो लगानी गर्दै आएका छन्। धेरै अभिभावकलाई आफ्ना सन्तानलाई डिजिटलमैत्री बनाउँदा उनीहरूको जीवन सहज बन्छ भन्ने बुझाईको विकास भएको छ । विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विश्वविद्यालयले नेपालमै पनि आईटीसम्बन्धी राम्रा राम्रो कोर्स सञ्चालन गरिरहेका छन्। तर यसबाट तयार भएका जनशक्तिलाई विश्वविद्यालयले, राज्यले काम दिन सकेको छैन। उनीहरू अध्ययन गरेर विदेश पलायन भएका छन्।
सामान्य प्रयासमा पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ मात्र तत्परता र सकारात्मक दृष्टिकोणको खाँचो हो। अहिले नेपाली सफ्टवेयर कम्पनीले गति लिन नसक्ने तर विभिन्न विदेशी कम्पनीले विभिन्न प्रोजेक्टमार्फत नेपाली जनशक्तिलाई कम पैसामा काम लगाएर फाइदा लिँदै आएका छन्।
आईटी शिक्षाका आवश्यकता छ भन्ने बुझाई भएरै अध्ययन अध्यापनको व्यवस्था भयो तर पढाइ पूरा गरेका जनशक्तिलाई यही राख्नुपर्छ भन्ने बुझाईमा कमी भयो। हामीले इन्जिनीयरिङ एशोसिएशनमा पनि यस विषयमा कुरा उठाउँदै आएका छौं। आईटी जनशक्तिका लागि न्यूनतम तलब तोकेर रोजगारीको व्यवस्था हुनुपर्छ भनेर माग गर्दै आएका छौं। कम्प्युटर इन्जिनीयरिङ गरेर बेरोजगार बन्नु भनेको देशको लागि ठूलो घाटा हो। यो जनशक्तिलाई नेपालमा सही रूपमा बुझ्ने काम गरिएन। आफूले अध्ययन गरेको विषयलाई व्यवहारमा लागू गर्ने नीति राज्यले बनाउन आवश्यक छ। नेपालमा उत्पादन भएका जनशक्तिले नासामासम्म काम गर्ने क्षमता राख्छन्, उनीहरूको माग बढी तर यहाँ बुझ्ने प्रयास गरिएन। सरकारले भएकै नीतिको कार्यान्वयनबाट सकिन्छ या नीति जारी गर्नुपर्छ त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ। नीति बनाउँदा आईटी सेक्टरका व्यक्तिहरूसँग समन्वय गर्नुप¥यो । सामान्य प्रयासमा पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ मात्र तत्परता र सकारात्मक दृष्टिकोणको खाँचो हो। अहिले नेपाली सफ्टवेयर कम्पनीले गति लिन नसक्ने तर विभिन्न विदेशी कम्पनीले विभिन्न प्रोजेक्टमार्फत नेपाली जनशक्तिलाई कम पैसामा काम लगाएर फाइदा लिँदै आएका छन्। नेपालमा रहेका हरेक सेवा क्षेत्रमा कम्तीमा नेपाली सफ्टवेयरको प्रयोग गर्नुपर्यो। अहिले हामी हरेक सरकारी कार्यालयमा पिक आवरमा काम लिएर जाँदा सर्भर डाउन भएको भनेर पन्छने प्रवृत्ति व्याप्त छ। कामको प्रभावकारीतामा कमी आएको छ। समयमा काम हुन पाएको हुँदैन, सेवाग्राहीले सेवा लिन पाएका हुँदैनन्। नेपाली सफ्टवेयर नभएर विदेशी सफ्टवेयरको प्रयोग गर्दाका प्राविधिक कठिनाइदेखि प्राइभेसीका कुरामा संवेदशीलता अपनाएको पाइदैन। विदेशी सफ्टवेयरको प्रयोग गर्दा धेरै नेपाली डाटा लिक भइरहेका छन्। कम्तिमा नेपाली सफ्टवेयरको प्रयोगले यस्ता संवेदनशीलतामा न्यूनीकरणमा सघाउँछ।
त्यही काम त्योभन्दा सस्तो दरमा नेपाली डेभलपरले बनाउन सक्छन्, त्यही गुणस्तर दिन सक्छन्। यसबाट दक्ष जनशक्तिले नेपालमै रोजगारी पाउन सक्ने सम्भावना रहन्छ भने अर्को तिर अर्बौं रकम बाहिरिनबाट पनि जोगिन्छ। नेपालकै सफ्टवेयर डेभलपरको प्रडक्टले बजार पाउँदा उनीहरूले सरकारलाई कर तिर्छन, यसबाट पनि सरकारले लाभ लिनसक्छ।
उनीहरूले हाम्रा डेटा स्टोर गरेर राख्ने र पछि हामीलाई नै ती डेटा विक्री गर्ने अवस्था आउँछ, आएको छ। दक्ष सफ्टवेयर इन्जिनीयरले नेपालमै कम्पनी खोलेर नेपालकै दक्ष जनशक्ति परिचालन गरेर त्यसको प्रयोग नेपालमै गर्ने प्रणालीको विकास गरिनुपर्छ। हरेक क्षेत्रसँग सम्बन्धीत अन्वेषण गरिन्छ। हरेक खालका सफ्टवेयर विकास गर्न सकिन्छ। सफ्टवेयरका लागि नेपाल भर्जिन ल्याण्डको रूपमा छ तर त्यसबाट फाइदा लिन सकिएको देखिन्न। सफ्टवेयर कम्पनी नेपालमा खुली पनि रहेका छन् तर टिक्न धेरै गाह्रो छ। व्यवसायले गति लिन नसक्दा दक्ष जनशक्ति विदेश पलायन हुनुपर्ने अवस्था छ। ठूलो लगानी डुब्ने खतरा छ। वर्षको ६० अर्बभन्दा बढी पैसा सफ्टवेयर खरीदमा नेपालबाट बाहिरिन्छ। त्यही काम त्योभन्दा सस्तो दरमा नेपाली डेभलपरले बनाउन सक्छन्, त्यही गुणस्तर दिन सक्छन्। यसबाट दक्ष जनशक्तिले नेपालमै रोजगारी पाउन सक्ने सम्भावना रहन्छ भने अर्को तिर अर्बौं रकम बाहिरिनबाट पनि जोगिन्छ। नेपालकै सफ्टवेयर डेभलपरको प्रडक्टले बजार पाउँदा उनीहरूले सरकारलाई कर तिर्छन, यसबाट पनि सरकारले लाभ लिनसक्छ। बरू डेभलपरलाई कसरी करको दायरामा ल्याउने, कसरी व्यवस्थित बनाउने भन्ने कुरामा बहस हुनसक्छ, गर्न सकिन्छ तर नेपालमै भएका दक्ष जनशक्तिको वेवास्ता जायज होइन, यसले सबैलाई नकारात्मक असर पु¥याउँछ। (सबलनेपालडटकम का सल्लाहाकार न्यौपाने आईटी इन्जिनीयर हुन्)