बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल

Image
बुटवल– बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा अर्याल ८७ मतान्तरले निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । संघको निर्वाचनमा १ हजार ७७८ सदस्य मतदाता रहेकोमा १ हजार ५०६ मत खसेको थियो । सोमवार सम्पन्न निर्वाचनको मंगलवार बिहान मत परिणाम सार्वजनिक भएको थियो । संघको वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने निर्बिरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई निर्बिरोध निर्वाचित भएका थिए। त्यस्तै उद्योग उपाध्यक्ष पदमा ७७८ मतसहित सुरज भट्टराई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे। महासचिवमा ७६० मतसहित मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा ८०९ मतसहित बसन्तप्रसाद ढकाल, सचिव पदमा ७२३ मतसहित प्रतीक पोखरेल र सहकोषाध्यक्ष पदमा ८३० मतसहित धनकुमारी खनाल (सविता) निर्वाचित भएकी छिन् । त्यसैगरी एक एशोसियट सदस्य पदमा ७५१ मतसहित बालकृष्ण पौडेल निर्वाचित भएका छन् । चार उद्योग सदस्य पदमा दिपकप्रसाद चापागाई, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, रामबहादुर भण्डारी र टिकाराम वञ्जाडे निर्वाचित भएका छन् । त्यस्तै सात खुल्ला सदस्यमा विष्णु (कमला) घिमिरे पन्त, विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्यमा जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित भएका छन् ।
Tags: