फोनपेको नयाँ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका

Image
काठमाडौं–भुक्तानी प्रणाली संचालक, फोनपेले ‘फोनपे सुपरयात्रा’ अभियान संचालनमा ल्याएको छ। उक्त अभियानको उद्देश्य, मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिदगर्दा ग्राहकबीच डिजिटल भुक्तानीको सहजतालाई ल्याउनुरहेको बताइएको छ। ‘सुपरयात्रा’ अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुने बताइएको छ। यस अभियानअन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन्। अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा रू.२०० क्यासब्याक पाउने बताइएको छ। यस अभियानमा सहभागी हुन ग्राहकले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्ने बताइएको छ। यस अभियानले मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडीमा अधिकांश ग्राहकहरुको यात्रामा थप ऊर्जा थप्ने लक्ष्य पनि राखेको छ। सो अभियानको उदेश्यका बारेमा बोल्दै फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माले अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले एयरलाइन टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु रहेको बताए। हाम्रो लक्ष्य धेरैभन्दा धेरै ग्राहकलाई विधुतीय  भुक्तानी प्रणालीमा प्रवेश गराउनुमा केन्द्रित रहेको छ र सुपरयात्रा जस्ता अभियान सोही लक्ष्यलाई अगाडि बढाउने एउटा कदम हो।’  
Tags: