एनटी फाइबर सेवामा व्याण्डविथमा बढोत्तरी

Image
काठमाडौं – नेपाल टेलिकमले आगामी बिहीवार देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेज मा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ। यस अफरअन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ । सेवाग्राहीको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको बताइएको छ। यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सकिनेछ । यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गरेकाछन्। हाल ८० एमविपीएस सेवा लिइ रहनु हुने सेवाग्राहीलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युेजेज पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको टेलिकमले जानकारी दिएको छ। साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ । यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिंदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *1416# डायल गर्नुपर्ने बताइएको छ ।  
Tags: