नेपाल अन्तरराष्ट्रिय व्यापार मेला मंसिर १४ देखि काठमाडौंमा हुने, स्टल बुकिङ खुला

Image
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष आयोजना गर्दै आएको ‘नेपाल अन्तराष्ट्रिय व्यापार मेला’ आगामी मंसिर १४ देखि १८ गते सम्म काठमाडौमा गर्ने भएको छ । काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भै सकेको र यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागिता हुने महासंघले जनाएको छ । नेपाल सरकार÷ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्दको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण भएको बताइएको छ। नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्ताष्ट्रिय बजारमा प्रवद्र्धन गर्न एक सशक्त माध्यम बन्दै आएको र मेलामा नेपालको औद्यँेगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने महासंघका अध्यक्ष चन्द्र ढकालले बताए। कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने बताइएको छ। नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो हस्तकला उत्पादनहरु, एनटीआईएस प्रडक्ट, कमोडिटी प्याभिलियन रहने बताइएको छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको महासंघको भनाइ छ। मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने बताइएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने बताइएको छ । महासंघका अध्यक्ष ढकालले अन्तराष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास प्रकट गरे । मेलामा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधिकरणमा समेत सघाउ पुुग्ने धारणा अध्यक्ष ढकालको थियो । उपाध्यक्ष सुरकृष्ण वैदले एउटा छुट्टै ब्राण्ड बनाउन सफल एनआईटीएफ निजी क्षेत्रका लागि एउटा बलियो प्ल्याटफर्म भएको बताए । उपाध्यक्ष हेमराज ढकालले मेलामा वस्तुुगत संघको छुुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने विश्वास व्यक्त गरे।
Tags: