नागरिकका अधिकारका लागि हाम्रो खबरदारी निरन्तर छ : नेतृ पोखरेल

Image
काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्तीदेवी पोखरेलले बजारमा खाद्यवस्तुको मूल्य आकाशिदा सम्बन्धित निकाय मौन बसेको आरोप लगाएकी छिन्। सोमवार राप्रपा मनोहरा कार्यसमितिले महंगी र भ्रष्ट्राचार नियन्त्रणको माग राख्दै मनोहरा नगरपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रममा बोल्दै उनले आम नागरिकले किनेर खाने वजारको अवस्था नभएको बताइन्। स्थानीय तहले बजार अनुगमन गर्ने अधिकार भएको भएपनि त्यसको कार्यान्वयन नगरिएकाले खबरदारी शुरु गरिएको उनको भनाइ छ । उनले नगरपालिकाबाट महिलाको उद्यमशीलताका लागि विनियोजन गरिएको रकमको पारदर्शी रूपमा लक्षित वर्गले नपाएको र पहुँचका आधारमा सिमित व्यक्तिले फाइदा उठाएको बताइन्। उनले भनिन्, ‘यो आन्दोलन र खबरदारीको शुरूआत मात्र हो, हरेक स्थानीय तहले नागरिकका पक्षमा इमान्दार भएर काम गर्नुपर्छ, हाम्रो खबरदारी निरन्तर छ ।’
Tags: