नबिल सेक्यूरिटिजको सीईओमा सुरेश देवकोटा

Image
काठमाडौं – नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् । कम्पनीकोे सञ्चालक समितिको निर्णयअनुसार देवकोटादेखि चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । कम्पनी नबिल बैंक लिमिटेडको सहायक कम्पनी हो । देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत थिए । २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट बैंकिङ क्यारियर शुरू गरेका देवकोटाले १५ वर्ष नेपाल बंगलादेश बैंकमा काम गरेका थिए । नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्तिपश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक , आइएमई जनरल इन्स्योरेन्स लगायतका संस्थामा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् ।
Tags: