कुमारी बैंकले ‘टिकाअघि नै दक्षिणा’ दिने

Image
काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दशैंको टिका अगाडि नै दक्षिणा दिने भएको छ । बडा दशैंलाई लक्षित गर्दै ‘टिकाअघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको हो । बैंकले यस योजनाले दशैंको हर्षोल्लास वृद्धि गर्ने अपेक्षा गरेको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङबाट भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने बताइएको छ । क्यासब्याक रकम पोस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकको भनाइ छ । यो योजना असोज २८ देखि कात्तिक ५ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।
Tags: