अनरको उपहारमा भेस्पा र थाइल्याण्ड टुरसम्म

Image
काठमाडौं– नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले ‘अनर को बहार, चाडपर्व मा उपहारै उपहार’ योजना ल्याएको छ । योजनाअन्तर्गत खरीदकर्ताले स्मार्टफोनको खरीदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर खरीदकर्ताले पाउने छन् । अफरका चार चरण रहेको बताइएको छ । अफरको पहिलो खण्डमा दैनिक रू. ५ हजार ९९० को अनर एअरबड्स एक्सफाइभ वा रू. ६ हजार ४९० को अनर ब्यान्ड सिक्स जित्ने बताइएको छ । त्यस्तै दोस्रोमा मेगा गिफ्टको रूपमा ४३ इन्च स्मार्ट टिभी वा अनर वाच फोर वा अनर नाइन्टी फाइभजी जित्न सकिने कम्पनीको भनाइ छ। उपहारको तेस्रो खण्डमा ग्राहकले ल्यापटप वा थाइल्याण्ड टुर र अन्तिम खण्डमा भेस्पा स्कुटर जित्न सकिने बताइएको छ । अनरको यो अफर असोज १४ असोजदेखि शुरू भएको यो अफर कात्तिक ३ सम्म कायम रहने बताइएको छ ।  
Tags: