कलश स्टक मार्केटको राष्ट्रव्यापी निवन्ध लेखन प्रतियोगिता 

Image
काठमाडौं – कलश स्टक मार्केट प्रालि (व्रोकर नम्वर ७४) ले धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गरी शेयर शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रव्यापी निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सव तथा विश्व लगानीकर्ता सप्ताहको अवसरमा ‘विवेकशील लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा ध्यान दिनु पर्ने विषयहरू’ विषयमा राष्ट्रव्यापी निवन्ध लेखन प्रतियोगितामा गर्न लागिएको बताइएको छ । प्रतियोगितामा उत्कृष्ट निवन्धकारले प्रथम, द्वितीय तथा तृतिय पुरस्कार वापत क्रमश रू. १०,०००, रू. ५,००० र रू. ३,००० नगद तथा प्रमाणपत्र प्राप्त गर्ने कम्पनीले जनाएको छ । इच्छुक नेपाली नागरिकले एकहजार शव्दमा नवढाई नेपाली वा अंग्रेजी भाषामा निवन्ध लेखी २०८० कार्तिक मसान्त भित्र कम्पनीमा पठाउन सकिने बताइएको छ । निवन्ध कम्पनीको ईमेल info@kalashstock.com.np मार्फत वा आफैं उपस्थित भै वा हुलाकवाट समेत पठाउन सकिने कम्पनीले जानकारी दिएको छ । भौतिक प्रति बुझाउने निवन्धकारले एफोर साइजको पेपरमा एका पट्टी मात्र सफासँग लेखी पठाउन पनि कम्पनीले अनुरोध गरेको छ । तोकिएको म्याद भित्र रितपुर्वक प्राप्त निवन्धलाई विज्ञ टोलीवाट मुल्यांकन गरी मंसिर २९ गते शुक्रवार अन्तिम नतिजा सार्वजनिक गरिने बताइएको छ ।   गत भदौ १० गते काठमाडौं महानगरपालिका वडा नं १० बुद्धनगर स्थित कम्पनीको कार्यालयवाट काम शुरु गरेको कलश स्टक मार्केट प्रा.ली.ले ग्राहकको सुविधालाई ध्यानमा राख्दै अनलाईन सुविधा तथा डिम्याट खातामा सहुलियत दिदै आएको छ । कम्पनीले कारोवार शुरु गरेको छोटै समयमा करिव ७०० टिएमएस एकाउन्ट र २५० भन्दा वढी डिम्याट एकाउन्टवाट कारोवार भइरहेको बताएको छ । प्रचलित कानुनको पुर्ण पालना र धितोपत्र बजारका क्षेत्रका आधारभुत मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै ग्राहकको सन्तुष्ठीलाई नै केन्द्रमा राखेर पारिवारिक वातावरणमा शिघ्र, सर्वसुलभ, विश्वसनीय प्रविधिमैत्री धितोपत्र दलाल सेवा सञ्चालन गर्न कम्पनी प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ । यस निवन्ध लेखन प्रतियोगितावाट नेपालमा धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी वर्तमान अवस्था, धितोपत्र वजारमा प्रवेश गर्न चाहनेले ध्यान दिनु पर्ने विषयहरु, यस क्षेत्रमा देखा परेका समस्या तथा समाधानका उपाय समेत विविध विषयमा लगानीकर्तालाई सुसुचित हुन गई पुंजी बजारमा स्थीरता तथा विश्वसनियतामा टेवा पुग्न सक्ने कम्पनीको अपेक्षा रहेको अध्यक्ष प्रदिप के.सी. ले बताए ।
Tags: