चेम्बर अध्यक्ष मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्य

Image
काठमाडौं - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्य पदमा नियुक्त भएका छन् । विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकाय विद्या परिषद्को सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो । नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले उल्लेख छ । विद्या परिषद्ले व्यवस्थापन तथा कानून संकायअन्र्तगत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्वन्धमा आवश्यक निर्णय गर्ने छ । यस्तै स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा अनुसन्धान, पेशागत कार्यक्रम तय गर्ने कार्यविधी निर्धारण गरिएको बताइएको छ । अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिवधी, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसंग अनुभव आदनप्रदान समेत गर्नेे चेम्बरले जानकारी दिएको छ ।
Tags: