निशा र शोभाको ‘ताज महल’

Image
काठमाडौँ । गायक निसान भट्टराई र शोभा पाण्डेको स्वर रहेको नयाँ गीत ‘ताज महल’ सार्वजनिक भएको छ । डा। कृष्णहरि बरालको शब्द रहेको गीतमा एनबि जनकपुरीले सङ्गीत भरेका छन् । गीतको सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका छन् । गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र सिम्रिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मदनकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
Tags: