कामपा–३ ले उद्यमशीलता प्रवद्र्धन गर्न आवेदन आह्वान

Image
काठमाडौं– ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरवको योजनाअन्तर्गत तालिम लिन इच्छुकका लागि काठमाडौं महानगरपालिका–३ले वडावासीकालागि आवेदन आह्वान गरेको छ। काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटमा महानगर गौरवको योजनाको रुपमा रहेको उक्त योजनाका लागि आवेदन आह्वान गरिएको वडा कार्यालयले जानकारी दिएको छ। काठमाडौ महानगरपालिका वडा नं–३ मा वसोवास गर्ने वडावासीलाई लक्षित गरी विभिन्न तालिम, सीपको माध्यमवाट क्षमता अभिवृद्धि गरी विभिन्न पेशा, रोजगार, उद्यमशीलता प्रवर्धन गर्ने र आर्थिक रुपले सशक्त वनाउने उद्धेश्यले तालिम तथा सीप विकासमार्फत क्षमता अभिवृद्धि गर्ने योजना रहेको वडाले जानकारी दिएको छ। इच्छुक वडावासीहरुले संलग्न तालिमका सूचीहरुवाट इच्छाइएको तालिम छनौट गर्ने वा आफूले लिन चाहेको तालिमको विषय उल्लेख गरी तालिम माग गर्न सक्ने बताइएको छ । विस्तृत यो फारममा उल्लेख छ । Link : Forms: https://forms.gle/1MrKWw1aSoh8ZsW8A आवेदकको आवश्यक न्यूनतम योग्यताः १. काठमाडौं महानगरपालिका वडा नं –३ को स्थायी बासिन्दा, महानगरको करदाता वा महानगर भित्र बसोबास गर्ने नेपाली नागरिक । २. १८ बर्ष पुरा भई ६० वर्ष ननाघेको । ३. अन्य । आबेदन दिनका लागि आवश्यक कागजातहरु १. नेपाली नागरिकताको प्रतिलिपि । २. शैक्षिक योग्यताको प्रमाणपत्र । ३. करदाता भए कर तिरेको प्रमाण । ४. भाडामा बस्ने भए घर बहाल सम्झौता को प्रतिलिपि ५. नागिरकतामा स्थायी ठेगाना अन्यत्र भए बसाइ सराइको कागजात ।
Tags: