लायन्स डिष्ट्रिक्ट ३२५ आई : असोज २६ र २७ गते पोखरामा दोस्रो क्याविनेट मिटिङ

Image
काठमाडौं– लायन्स अन्तरराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको असोज २६ र २७ गते पोखरामा दोस्रो क्याविनेट मिटिङ गर्ने भएको छ। लायन्स क्लब अफ पोखरा आदर्शको व्यवस्थापनमा हुने क्याबिनेट मिटिङको तयारी तिव्र बनाइएको क्लबले जानकारी दिएको छ। एस.आर.केसी. ब्याङक्वेट माटेपानी पोखरामा हुने मिटिङ २६ गते क्याबिनेट पदाधिकारी र २७ गते सम्पूर्ण लायन्स सदस्य सम्मिलित बैठक हुने क्याविनेट मिटिङ तयारी समितिका संयोजक नवीन भण्डारीले जानकारी दिए । ‘तयारीको काम भइरहेको छ, प्रि–रजिष्ट्रेसन गर्ने क्रम जारी छ ।’ करीब एक हजारले प्रि– रजिष्टे«सन गर्ने अपेक्षा गरिएको छ संयोजक भण्डारीले बताए। दोस्रो क्याविनेट मिटिङ तयारीका लागि लायन्स क्लब अफ पोखरा आदर्शका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ नवीन भण्डारी संयोजक, क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट को–अर्डिनेटर सुरेन्द्रमान सिंह भण्डारी सह–संयोजक रहने गरी विभिन्न १३ उपसमिति गठन गरिएको आयोजक क्लब आदर्शका अध्यक्ष विष्णु गौतमले जानकारी दिए । अध्यक्ष गौतमका अनुसार स्मारिका प्रकाशन उपसमितिमा गोविन्द चापागार्इं, मञ्च व्यवस्थापनमा बुद्घिबहादुरखत्री, प्रचार तथा सूचनामा दिनेश भण्डारी, खाना, खाजा र अतिथि व्यवस्थापनमा सञ्जयकुमार अधिकारी, रजिष्ट्रेशनमा कृष्ण गुरुङ, अर्थ व्यवस्थापनमा दिलबहादुर थापा, स्वागत, सत्कारमा शोभा बानियाँ, खानेपानी तथा पार्किङ्गमा गणेश बस्नेत, स्वास्थ्य तथा प्राथमिक उपचार सेवामा रमेश थापा, सचिवालय व्यवस्थापनमा मिलन केसी र किट व्याग व्यवस्थापनमा भोजबहादुर केसी लगायतको उपसमिति गठन गरिएको बताइएको छ। डिष्ट्रिक्ट ३२५ ‘आई’ अन्तर्गतका १ सय ६६ क्लबबाट करीब १ हजार भन्दा बढी लायन्स सदस्यहको सहभागिता रहने अनुमान गरिएको क्याविनेट मिटिङका सह–हसंयोजक सुरेन्द्रमानसिंह भण्डारीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा पोखराको मौलिक संस्कृति झल्कने सारङ्गीको धुन र लक्ष्य व्याण्डको सांगीतिक प्रस्तुति राखिने छ । क्याविनेट मिटिङ सभ्यभव्य बनाउनका साथै उल्लेख्य उपस्थिति जनाउन निमन्त्रणा लागि संयोजक भण्डारी सहितको टोली शनिवार काठमाडौं आउने कार्यक्रम रहेको बताइएको छ। लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीका अनुसार पोखरामा हुन गइरहेको दोस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्टले हालसम्म सम्पादन गरेका कार्य र आगामी दिनमा गरिने कार्यक्रमको बारेमा छलफल हुनेछ । क्याविनेट मिटिङले लायन्स सदस्यबीच फेलोशिप वृद्धि गराउने र यसले समग्र पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने गभर्नर केसीको भनाइ छ । रजिस्ट्रेशनका लागि क्लबका निवर्तमान अध्यक्ष कृष्ण गुरुङ संयोजक रहने गरी रजिष्ट्रेशन सहजताका लागि बागमती एरियामा धिरज श्रेष्ठ, रामहरी अर्याल, संगिता शर्मा, संगिता थापा केसी र शुसिल कुमार बस्न्यात साथै गण्डकी एरियाका लागि नगेन्द्रराज बराल, हिरा भण्डारी, गंगा बिलास लोहनी र मोहनराज पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ ।  
Tags: