अफरै अफर सहित भिभो भी२९ फाइभजी नेपालमा सार्वजनिक

Image
काठमाडौं– टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । आज अक्टोबर ५ तारिखका दिन काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रमको आयोजना गर्दै चर्चित कलाकारहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरु, भिभोका पदाधिकारीहरु तथा विशेष अतिथिहरुको उपस्थितिमा नयाँ स्मार्टफोन लन्च गरिएको हो । भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्यक्षमतालाई दर्साउँदै भी२९ फाइभजी हाल नेपालमा उपलब्ध भएको बताइएको छ । भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२०हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ । यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरु समावेश रहेको र जसले फोटोग्राफी क्षमतालाई वृद्धि गर्ने बताइएको छ । नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउन ग्राहकका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको हो । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको बताए। उनले भने,‘भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ । भी२९ फाइभजीको इमेजिङ र डिजाइनमा भएको विकास यस प्रतिबद्धताको एउटा पाटो हो । यसले मोबाइल फोटोग्राफीलाई पुनः परिभाषित गर्दै स्मार्टफोन बजारमा हाम्रो नेतृत्वलाई सुदृढ बनाउनेमा हामी विश्वस्त छौं ।’ भिभोले ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्दै ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको छ । यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हुने बताइएको छ। उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई–वान–गेट–वन अफर पनि ल्याएको बताइएको छ । ६०० देखि १००० ग्राहकहरुले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन्, ३,००० देखि ५,००० ग्राहकहरुले भिभोको स्टाइलिश ब्याग, ५००० – ८००० ग्राहकहरुले भिभोको बोतल तथा १०००० – १५००० ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । यो अफरमा सहभागी हुन ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा खष्खयमबकजबष्ल।अयm मा रजिष्टर्ड गरी आकर्षक पुरस्कारहरु प्राप्त गर्न सक्ने बताइएको छ। भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८जी प्रोसेसर रहेको छ जसले सिमलेस पर्फमेन्श प्रदान गर्दछ । यसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज ब्याट्री छ । यसमा भएको सुपर चार्ज पम्प टेक्नोलोजीले डाउनटाइम घटाउँदै चार्जिङ दक्षता बढाउँछ । भी२९ फाइभजीमा अत्याधुनिक हार्डवेयरको संयोजनले एक प्रभावकारी स्मार्टफोन अनुभव प्रदान गर्दछ । भिभो भी२९ फाइभजी सौन्दर्य र नवीनताको उत्कृष्ट संयोजन हो जसले प्रयोगकर्ताहरूलाई अत्याधुनिक तथा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसको आकर्षक रङ तथा अल्ट्रा–स्लिम डिजाइनले स्मार्टफोनलाई अझ आकर्षक बनाएको छ । यो स्मार्टफोन देशभर आकर्षक मूल्यमा रु. ५९,९९९ मा उपलब्ध छ ।
Tags: