फूडमाण्डुको ‘बडादशैं बाइट्स’

Image
काठमाडौं – नेपालको पहिलो तथा लोकप्रिय पूmड डेलिभरी कम्पनी फूडमान्डुले विजया दशमीको अवसरमा ‘बडादशैं बाइट्स’ अफर क्याम्पेन लिएर आएको छ। यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सकिने बताइएको छ। पहिलो अफरअन्तर्गत ‘बडा दशैं बाइट्स’मा हरेक दिन विभिन्न रेस्टुरेन्टबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ । दोस्रो अफरअन्तर्गत ‘बडा दशैं कम्बो बाइट्स’मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टबाट मन लोभ्याउने कम्बो खानामा ५०% सम्मको डिस्काउन्ट पाउन सकिने बताइएको छ। फूडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनशा भट्टराई यस अभियानमार्फत ग्राहकहरूसँग दशैं मनाउन पाउँदा हामी अत्यन्तै उत्साहित भएको बताए। ‘हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आप्mना ग्राहकहरूलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौं । आशा छ कि यी विशेष अफरहरूले हाम्रा ग्राहकहरुकोे यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउनेछ र प्रियजनसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत गरोस्,’ उनले भनिन्। यो अभियान कार्तिक २ गतेसम्म चल्ने बताइएको छ।
Tags: