नेपाललाई बधशाला बनाउने सम्झौता अस्वीकार्यः विश्लेषक रायमाझी

Image
काठमाडौं – चीनको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट चीनमा मासु निर्यातको सम्झौता गरेको भन्दै राजनीतिक विश्लेषक प्रकाश रायमाझीले आपत्ति जनाएका छन्। नेपालजस्तो धार्मिक एवं पवित्र विविध संस्कृति भएको देशमा हिंसाको कल्पना पनि गर्न नसकिने भन्दै उनको प्रश्न छ, ‘पाशुपतक्षेत्र गौतमबुद्धको जन्मभूमि सीताको देशका बासिन्दाले यो पवित्र भूमिबाट मासु निर्यात गर्नु खोज्छन् भने संसारमा के सन्देश जान्छ ?’ नेपालबाट मासु निर्यात को व्यापारिक सम्झौता गर्नु भनेको समस्त हिन्दु धर्मावलम्बीका लागि नयाँ चुनौती बनेर आउने उनको ठहर छ। ‘शान्ति र अहिंसाको पवित्र सन्देश छर्ने विश्व विश्वसम्पदा समेत गर्वसाथ चिनिएको देशमा पशुवधशाला खोल्नु कति उपयुक्त होला ?,’ उनी भन्छन्,‘ यस्तो निर्णयले विश्व जनसमुदायमा नेपालीको पहिचान समेतलाई बिगार्छ ।’ चीनले पनि नेपालबाट मासु आयात गर्ने सम्झौतालाई रद्द गर्नुपर्ने उनको सुझाव छ । ‘बौद्ध दर्शनमा गौरव गर्ने चीन सरकारले नेपालमा बधशाला बनाउने सोच राख्नु पनि शोभनीय हुँदैन, सार्वभौमसत्ता, राष्ट्रको र हाम्रो धार्मिक पहिचानमा नैआँचपुग्नेगरी नेपालले व्यापार गर्नुपर्ने आवश्यकता पनि छैन,’ उनी भन्छन्, ‘व्यापार गर्ने नाउँमा हाम्रो संस्कृतिलाई तिलाञ्जली दिएर कुनै पनि देशसँग मासु निर्यात गर्ने देश भनेर व्यापार गर्नु हाम्रो भूगोल र र संस्कृतिको आवश्यकता हुन सक्दैन।’  
Tags: