फोनपेसँग मिलेर सानिमाको नगद फिर्ता योजना 

Image
काठमाडौं– सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो ई–बैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष नगद फिर्ता योजना ल्याएको छ । यो योजना कात्तिक मसान्त २०८० सम्म लागू हुने बताइएको छ । यसअन्तर्गत, पहिलो पटक सानिमा सजिलो ई–बैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम रू. २००, विजुलीको बिलतिर्दा २ प्रतिशत वा अधिकतम रू. २५ र इन्टरनेटको बिलतिर्दा२ प्रतिशत वा अधिकतम रू. ५० सम्मको नगद फिर्ता को व्यवस्था गरेको छ । मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा नगद फिर्ता प्रदान गरिने बताइएको छ।
Tags: