न्यूरोडमा हिमालयन बैंकको भवन बन्ने

Image
काठमाडौं–हिमालयन बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–२२, खिचापोखरी, न्यूरोडमा भवन बन्ने भएको छ। शुक्रवार भवन निर्माण शिलान्यास भएको छ । बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारी लगायतकोे उपस्थिति थियो । कार्यक्रममा बंैकका अध्यक्ष श्रेष्ठले बंैकले इटहरी, वीरगञ्ज र भैरहवाबाट आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको तथा काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको बताए । भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गर्ने योजना रहेको उनको भनाइ छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माणपश्चात् बैंकले आफ्नै भवनबाट सेवा दिँदा ग्राहकलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे।  
Tags: