सानिमा बैंकका ग्राहकलाई दराजमार्फत सामान किन्दा २० प्रतिशतसम्म छूट

Image
काठमाडौं – सानिमा बैंकले दराजसँगको सहकार्यमा छूट योजना सार्वजनिक गरेको छ। बैंकले पर्व लक्षित ‘दशैं धमाका’ योजनामा सहकार्य गरेको हो । सहकार्य अनुसार दराजबाट सामान खरीद गरी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा छूट प्राप्त गर्न सकिने बताइएको छ । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रू. १ हजार ५०० सम्मको छूट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजारसम्मको छूट प्राप्त गर्न सकिने बैंकले जानाकारी दिएको छ । योजना अवधिमा सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छूट प्रदान गरिने बैंकले जानकारी दिएको छ । छूटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्ने बताइएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने बैंकको भनाइ छ । आजदेखि शुरू भएको यो योजना असोज ३० गतेसम्म लागू हुने बताइएको छ ।
Tags: