नेशनल सोलार पावरको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल

Image
काठमाडौं – एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनी लिमिटेडबी सहकार्यको सम्झौता भएको छ । क्यापिटलको ‘आइडिया टु आइएपीओ’ सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित नेशनल सोलारको आईपीओ निष्कासन गर्न क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्ती गर्ने सम्झौता भएको हो । नेशनल सोलारले सौर्य ऊर्जामार्फत ऊर्जा क्षेत्रमा काम गर्दै आएको छ । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको छ । कम्पनीले रू. १०० अंकित दरका ७ लाख २४ हजार कित्ता भन्दा बढी साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना रहेको बताएको छ ।  
Tags: