इक्यान–सफ्टेड सम्झौता : ५० विद्यार्थीले छात्रवृत्ति पाउने

Image
काठमाडौं – नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र सफ्टेड ग्रुपअन्तर्गतको सनवे कलेजबीच सम्झौता भएको छ । सम्झौताअनुसार ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने भएको हो । मंगलबार एक कार्यक्रम आयोजितबीच इक्यान अध्यक्ष शेषराज भट्टराई र सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठसहित सफ्टेड ग्रुपका डाइरेक्टर प्रमोद पौडेल, सनवे कलेजका हेड अफ अपरेसन सिमोली गौतम देशइ, इक्यानका महासचिव दीपकराज भुसाल र कार्यसमिति सदस्य उमा खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । इक्यानको स्टडी इन नेपाल अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सहकार्य गरिएको इक्यान अध्यक्ष भट्टराईले बताए । इक्यानसँगको सहकार्य नेपाली विद्यार्थीलाई सनवे कलेजमा छात्रवृत्ति प्रदान गर्न पाउँदा खुसी लागेको सफ्टेड अध्यक्ष श्रेष्ठले बताए । यहि २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ती सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्न सम्झौता गरिएको बताइएको छ । कलेजले स्नातक स्तरको विद्यार्थीलाई विएस्सीअनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ । सम्झौता अनुसार कलेजले २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिनेछ। आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पूर्ण छात्रवृत्ति पाउनका लागि प्लसटुमा ३.६० जि पि ए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि प्लसटुमा ३.५० जि पि ए ल्याएको हुनु पर्ने बताइएको छ । ३० प्रतिशत छात्रवृत्ति पाउन प्लस टुमा ३.०० जि. पि. ए. ल्याउनु पर्नेछ । आयल्समा कम्तिमा ५.५ स्कोर ल्याएको हुनुपर्ने इक्यान कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक उमा खड्काले जानकारी दिइन् । छात्रवृत्तिको अवसर प्राप्त गर्न चाहने विद्यार्थीले आफ्नो आवेदन कअजयबिचकजष्उ२भअबल.यचन.लउ मा गई भर्न सक्नेछन् भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि आगामी नोभेम्बर ३ सम्म र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म तय गरिएको छ ।
Tags: