‘एनआरएनएको साख र गरिमा बढाउन मेरो उम्मेदवारी’ : पन्थ

Image
काठमाडौं – आसन्न गैर आवासीय नेपाली संघ ९एनआरएनए० को ११ औं महाधिवेशनका लागि कृष्णजिवी पन्थले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकामा बस्दै आएका पन्थले आफ्नो उम्मेदवारी एनआरएनको सान्दर्भिकता पुष्टिको लागि भएको बताउँछन् । ‘एनआरएनएको साख बढाउने गरी काम गर्न र एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न तथा संस्थाको गरिमा बढाउन रणनीतिक रूपमा काम गर्न मेरो प्रयास रहन्छ, ’ उनले भने । युरोपको भ्रमण हुँदै हाल मध्यपूर्वको भ्रमणमा रहेका पन्थले एनसिसी मध्यपूर्वको एक कार्यक्रममा बोल्दैै संस्थालाई एकताबद्ध गर्दै गरिमा बढाउन लागिपर्ने बताए । आफूले दुई वर्षमा गर्ने कामका योजनामा स्पष्ट रहेको भन्दै प्रतिवद्धता पत्रमार्फत त्यसलाई सार्वजनिक गरेको बताए । नेपालले एनआरएनबाट ठूलो अपेक्षा गरेको बताउँंदै नेपालको समृद्धिमा योगदान गर्न र विदेशमा बस्ने नेपालीको हक सुरक्षित गर्न आफूले रणनीतिक योजना बनाएको बताए। ‘हामीले निर्वाचित भएको दिनदेखि नै क्यालेन्डर बनाएर एक्शन ओरिएन्टेड योजना कार्यान्वयन गर्ने छौं,’ उनले भने । खाडी मुलुकमा नेपालीले भोगिरहेका समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउनुपर्नेछ । साथै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी १० करोड रुपैयाँको श्रमिक कल्याण कोष खडा गर्न म कटिबद्ध छु,।’ ‘समुन्नत नेपाल, सम्मानित गैर आवासीय नेपाली’ मूल नाराका चुनावी प्रसार प्रसारमा रहेका सचिव पदका उम्मेदवार पन्थले संस्थाको नीतिगत सुधारका लागि कही योजना अघि सारेको बताउँछन् ।                          
Tags: