आईसिटी सहकारी संस्था लिमिटेडकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Image
पोखरा – आईसिटी सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा वर्तमान अवस्थामा अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दीका सन्दर्भमा सदस्यबीच अन्तरक्रियात्मक छलफल गरी सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि तिवारीले सहकारी नियम भित्र रहेर सञ्चालक र शेयर सदस्यहरु मिलेर सहकारीलाई मजबुत बनाएर लैजानु पर्नेमा जोड दिए । आर्थिक अनुशासनको क्षेत्राधिकार भित्र रहेर कारोबार गर्दा समस्या सृजना नहुने जनाउँदै सहकारीको सिद्धान्त मर्म र भावना अनुरुप रहेर कारोबार गर्न सञ्चालक र शेयर सदस्यहरुलाई आग्रह गरे । उहाँले सुचना संञ्चार र प्रविधिको क्षेत्रमा टेवा पु¥याउने कुनै पनि खालको परियोजनामा सहकारीलाई पो.म.न.पा. सहकारी समितिको तर्फवाट दिन सक्ने साथ र सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । संस्थाका अध्यक्ष सवि शेरचनले सुचना सञ्चार र प्रविधिमा टेवा पु¥याउने उदेश्यले २०७८ सालमा स्थापित भएको सहकारीमा तरलता अभावको समस्या नरहेको र संस्थाको कारोवार पारदर्शी एंव स्वस्थ रहेको जानकारी दिए । उनले जति बचतकर्ता आफ्नो बचत प्रति चिन्तित छन्, यो भन्दा बढि जिम्मेवारी सम्हालेका सञ्चालक र व्यवस्थापक रहेको जनाउँदै सहकारी प्रतिको विश्वास डगमगाउन नदिने प्रण गरे । उनले संस्थालाई रामा्रे र सुदृढ वनाउने जिम्मेवारी सदस्यहरुको पनि भएकोले संस्थामा नियमित कारोवारको लागि समेत आग्रह गरे । यसै गरी संस्थाको वार्षिक साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने २ जना सदस्यहरुवाट बचतकर्ता र सदस्य एंव सदस्यका छोराछोरीहरुलाई शैक्षिक एंव पदोन्नति सम्मान प्रदान गरेको थियो । सूचना सञ्चार र प्रविधिमा टेवा पु¥याउने उदेश्यले २०७८ सालमा स्थापित भएको सहकारीको शेयर पुँजी १ करोड ११ लाख ६५ हजार र महिला २७ पुरुष ८८ रहेका छन् । कार्यक्रममा सल्लाहकार सदस्य ईविन्द्रराज तिवारी, गुणानिधी पाण्डे, चण्डी प्रसाद अर्याल र फ्रेम उद्योग व्यवसाय संघको अध्यक्ष कोपिला श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव विश्व कुमार प्रधानले गरेका थिए भने, स्वागत मन्तव्य उपाध्यक्ष दूधमान गुरुङले गरेका थिए ।
Tags: