एनआरएनए आईसीसी –२०२३–२०२५ : महासचिवमा जोशीको उमेद्वारी घोषणा, के छन् उनका एजेण्डा ?
दीपा रेग्मी । काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन नजिकिँदै गर्दा यसको चहलपहल बढ्दै गएको छ। महाधिवेशनले एनआरएनए आईसीसी (२०२३–२०२५)का लागि नयाँ नेतृत्व चयन गदैछ। नेतृत्वको दौडमा आफूलाई महासचिवको प्रत्यासीको रूपमा अगाडि सारेका बलिया प्रतिस्पर्धी हुन गौरीराज जोशी । जोशी एनआरएनएभित्र जवाफदेहिता खोज्ने व्याक्तिको रूपमा चिनिन्छन्। एनआरएनएभित्र रुपान्तरण खोज्ने पात्रको रूपमा चिनिन्छन्। स्वतन्त्र, अनावश्यक राजनीति र त्यसको हस्तक्षेपभन्दा एनआरएनएलाई राख्नुपर्छ भन्ने अभियानमा उनको सक्रियता लामो समयदेखि चल्दै आएको छ। एनआरएनएलाई संस्थागत बनाउँदै यसको आवश्यकता र सान्र्दभिकताको सवालमा बहस छेड्न आवश्य सम्झने जोशी भन्छन्, ‘पछिल्लो समय एनआरएनएमा अराजकता हस्तक्षेप बढ्दै गएको छ, कस्ता, कसका लागि र किन एनआरएनए ? भन्ने जवाफ खोज्ने र दिने समय आएको छ।’ एनआरएनए माथिका विभिन्न आरोप चिर्दै त्यसलाई अझै बल पुर्याउनभन्दा पनि यसको साख, विश्वास र सम्मानलाई उचाई दिनुपर्ने उनको मान्यता छ। उनी निरन्तर समाजसेवामा समर्पित, नेपालको समृद्धि र मातृभूमि तथा कर्मभूमिको सम्बन्धको पुलको रूपमा एनआरएनएले काम गर्नुपर्ने मान्यता राख्छन्।
‘गैरआवासीयीहरू दुइ देशका सम्पत्ति हुन् । त्यो सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्ने कुरा कतिपय अवस्थामा ती देश र कतिपय अवस्थामा स्वयं व्यक्तिहरुमा भरपर्ने विषय हो । हामी नेपालीसँग त असी भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद भएको सिंगो संगठन छ–एनआएरएन, थयस्तो बलीयो संगठनलाइ अब परम्परागत शैली भन्दा अलि फरक ढंगले अगाडि बढाउनु आवश्यक छ ।
उनी एनआरएनएलाई व्याक्तिगत स्वार्थभन्दा माथि उठाएर सहमति र सहकार्यको माध्यामबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्छन्। उनी भन्छन्, ‘मलाई मेरो आफ्नो स्वार्थ र महत्वकांक्षाभन्दा पनि मातृभूमिप्रति मेरो दायित्व कसरी पूरा गरुँ र मुलुक समृद्धिमा कसरी समर्पण गरुँ भन्ने हुटहुटी छ, त्यसको प्लाटफर्म एनआरएनए बनाउन खोजेको छु।’ उनी धेरैले बुुझेजस्तो पैसा लगानीको रूपमा भन्दा पनि एनआरएनएलाई भावनात्मक रूपमा नेपालसँग जोड्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘जब नेपालमा वा नेपालीमा कुनै खालका आपत्ति आइलाग्छन्, तब तब हामीलाई सबैभन्दा पहिला छिटो छिटो आफू त्यहाँ पुग्न मन लाग्छ । मेरो विचारमा, एनआरएन पैसा र लगानीको विषय मात्र भन्दापनि बढ्ता भावनाको विषय हो ।’ एनआरएनए भनेकै भावनाको संगम रहेको र आफूहरू नेपालीकोरूपमा सदैव रहने बताउँछन् । ‘हामी कसैगरेपनि नेपाल र नेपालीबाट टाढा छैनौं । हुने छैनौ । टाढा हुन चाहेरपनि टाढा हुनसक्ने छैनौं । एनआरएनको यो भन्दा ठुलो अर्थ अरु के हुन सक्छ ?,’ उनी भन्छन्, ‘एनआरएनए नेपाल र नेपालीसँग असाध्यै जोडिएको जबरजस्त भावनात्मक विषय हो ।’ भावनात्मक विकाससँगै मातृभूमिको भौतिक विकास अर्को प्राथमिकता उनको छ । एनआरएनले भौतिक रूपमा पनि देखिनेगरी मातृभूमिको समृद्धिमा योगदान गर्ने उनको मान्यता छ।एनआरएनए नेपाल विकास कोष जस्ता कोषको स्थापना र कोषलाई सही, प्रभावकारी, पारदर्शी रूपमा प्रयोग गरेर देखाउनुपर्ने उनी बताउँछन्। ‘यस्ता कोषलाई अझ बढाउन, परिचालन गर्न र प्रतिफल प्राप्त गर्न बलियो संयन्त्र र विश्वाशिला आधा खडा गर्न जरुरी छ,’ उनी भन्छन्।
एनआरएनए समय अनुसार बदल्दै जानुपर्ने उनी बताउँछन्। संस्था स्थापना गर्दा ताकाका उद्देश्य र आधार अहिलेको अवस्थामा परिस्कृत गर्दै जानसपर्ने उनको भनाइ छ । ‘छिटोछिटो गतिमा प्रविधि रमान्छेको चेतनाको विकास हुँदै गएको छ, समृद्धिको मापदण्ड बदखिँदै गएको छ यो समयमा हाम्रा कार्यशैली बदलिएनन् भने हामी कार्यदिशामा फेल हुन्छौं ।’
लामो समय देश बाहिरको बसाईको उनको भनुभवले भन्छ, ‘मातृभूमि र कर्मभूमिलाई एकैपटक योगदान दिन सकिने गजबको अवसर एनआरएनए पनि हो ।’ आ–आफ्ना व्यक्तिगत चाहना वा अवस्थाले जो जहाँ पुगेपनि त्यहाँ दुइवटा अवसर एकैसाथ मातृभूमि र कर्मभूमिको समृद्धिमा एकसाथ योगदान दिने गरी आउने उनको मान्यता छ। ‘गैरआवासीयीहरू दुइ देशका सम्पत्ति हुन् । त्यो सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्ने कुरा कतिपय अवस्थामा ती देश र कतिपय अवस्थामा स्वयं व्यक्तिहरुमा भरपर्ने विषय हो । हामी नेपालीसँग त असी भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद भएको सिंगो संगठन छ–एनआएरएन, थयस्तो बलीयो संगठनलाइ अब परम्परागत शैली भन्दा अलि फरक ढंगले अगाडि बढाउनु आवश्यक छ । एनआरएनए समय अनुसार बदल्दै जानुपर्ने उनी बताउँछन्। संस्था स्थापना गर्दा ताकाका उद्देश्य र आधार अहिलेको अवस्थामा परिस्कृत गर्दै जानसपर्ने उनको भनाइ छ । ‘छिटोछिटो गतिमा प्रविधि रमान्छेको चेतनाको विकास हुँदै गएको छ, समृद्धिको मापदण्ड बदखिँदै गएको छ यो समयमा हाम्रा कार्यशैली बदलिएनन् भने हामी कार्यदिशामा फेल हुन्छौं ।’ समृद्धिका स्वार्थलाई एकसाथ बुझ्न नसके र उही पुरानै सोच र पारामा अगाडि बढे त्यसको सार्थकता नहुने उनको मान्यता छ। ‘कहिलेकाहीं लाग्छ– सिलीकन भ्यालीको नेपाली, हार्भडको नेपाली, अक्सफोर्डको नेपाली एनआरएनमा छिर्दा किन सिलीकन भ्यालीकै जस्तै, हार्भडको जस्तै वा अक्सफोर्डको जस्तै भएर छिर्दैन ? वा किन छिर्दै छिर्दैन ? छिर्नै खोज्दैन ? छन त एकसेएक नेपालीहरु छन् । हरेक देशमा छन्, ’ उनी भन्छन्,‘तर एनआरएनएमा अझै त्यसको ‘प्रतिबिम्ब’ भैसकेको छैन । जबसम्म त्यसको ‘प्रतिबिम्ब’ एनआरएनमा देखिंदैन र एकतह माथि उठेर योजना र संयन्त्रहरु बनाइदैन, तबसम्म हामी एकादुइ पुरानै मागका आधारमा बाँचिरहेका हुनेछौं ।’ एनआरएनएको महासचिवको उम्मेदवारका हिसाबले आफूले बेग्लै उचाइको एनआरएन खोजीरहेको उनको भनाई छ । ‘यस्तो एनआरएन जसलाइ मातृभुमि र कर्मभुमिका सरकारहरुले त्यहाँका आर्थिक समृद्धिका बहसहरुमा सक्रिय सहभागी गराउन्,’ उनी भन्छन्,‘यस्तो एनआरएन, जो ‘ट्रयाक टु डिप्लोमेसी’को मुख्य संयन्त्र बनोस् । यस्तो एनआएएन, जसलाइ दुइ देशका वार्ता र बहसहरुमा ‘विटनेश’(साक्षी) र ‘मध्यस्थकर्ता’ बन्ने मौका मिलोस् ।’ एनआरएनए नेपालका ग्रामिण बस्तीका नागरिकदेखि विदेशका कुना कुनामा रहेका नेपालीसम्मले अपनत्व र आफ्नोपन सहितको संस्था बन्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘एनआरएनए समृद्धि र भरोसाको आधारको रूपमा स्थापित हुनुपर्छ, एनआरएन जसलाई मातृभूमि र कर्मभूमिका सरकारले त्यहाँका आर्थिक समृद्धिका बहसमा सक्रिय सहभागी गराएको हुनुपर्छ ।’ उनले एनआरएनलाई थप इज्जतिलो, गर्विलो र बलियो बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘लेट्स मेक एनआरएन ग्रेट एगेन अर्थात् एनआरएनएलाई एक महान अभियानमा लैजाउँ ।’
महासचिव पदमा के छन् जोशीका एजेण्डा ?
गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा महासचिवको रूपमा आफूलाई अगाडि बढाउँदा जोशीले विभिन्न ९ अवधारण अगाडि सारेका छन् । जसमा सबैको एनआरएनए , स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दिगो एनआरएनएका अवधारणा छन् । त्यस्तै उनले सबल र बहुआयामिक एनआरएनए, ज्ञान, सीप र नवप्रवर्धनका लागि एनआरएनए, उत्तरदायी र पारदर्शी एनआरएनए , एनआरएनका लागि एनआरएन, नेपाल सरकारको साझेदार एनआरएनए गरी आफ्ना अवधारणा सार्वजनिक गरेका छन्।
यस्ता छन्, जोशीका ९ अवधारणाः
१) सबैको एनआरएनए महिला, युवा, वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू सहित आम गैरआवासीय नेपालीहरूले अपनत्व महसुस गर्ने संस्थाको रूपमा संघलाई रूपान्तरण गर्ने । २) स्मार्ट एनआरएनए गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने । सम्पूर्ण पंजिकृत सदस्यहरूलाई अनलाइनबाट मतदानको व्यवस्था गर्ने । स्मार्ट एनआरएनए एप्सबाट सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई जोड्ने । ३) परिणाममुखी एनआरएनए गैरआवासीय नेपाली संघका कार्यक्रमहरू परिणाममुखी बनाउन अल्पकालीन र दिर्घकालीन नीति तथा कार्ययोजना बनाउने । ४) दिगो एनआरएनए सचिवालय संचालन र परियोजनाका लागि सदस्याता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि प्रविधिमा आधारित वैकल्पिक स्रोतको पहिचान गर्ने तथा एनआरएनए फाउन्डेसन मार्फत युएन अन्तर्गतका संस्था र अन्तर्राष्ट्रिय परोपकारी संस्थासँग सहकार्य गर्ने । ५) सबल र बहुआयामिक एनआरएनए गैरआवासीय नेपाली संघको दायारा बढाउँदै अन्तर्राष्ट्रियस्तरको बहुआयामिक संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गर्ने । सिमा समस्या, भुमण्डलीकरण र जलवायु परिवर्तन जस्ता नेपाललाई प्रत्यक्ष नकारात्मक असर पार्दै आएका बिषय अन्तर्राष्ट्रिय मंचमा पुराउन सेतुको रूपमा काम गर्ने । ६) ज्ञान, सीप र नवप्रवर्धनका लागि एनआरएनए पेशागत र विज्ञहरूलाई संघमा समेट्न भौगोलिक सीमा बिनाको ‘एचयाभककष्यलब िब्अबमझष्अ ऋयगलअष् ि९एऋऋ०’ को गठन गर्न विधानमा व्यवस्था गर्ने (यसले राष्ट्रिय समन्वय परिषदले जस्तै स्वायत्त भएर काम गर्नेछ । ल्च्ल्ब् एयष्अिथ क्ष्लकतष्तगतभ लाई सुचारू गर्ने । ७) उत्तरदायी र पारदर्शी एनआरएनए गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन र उच्च आचरण कायम गर्न वैधानिक व्यवस्था गर्ने । संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाउने । आर्थिक पारदर्शिता कायम गर्ने । अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनले राष्ट्रिय समन्वय परिषद्लाई असर नगर्ने खालको निर्वाचन पद्दति अवलम्बन गर्ने । ८) एनआरएनका लागि एनआरएन गैरआवासीय नेपाली समुदायसँग जोडिएका विषयहरू (सामाजिक सुरक्षाकोष, श्रमिक समस्या, नागरिकता, सम्पत्ति अधिकार, नेपालको आम निर्वाचनमा विदेशबाट मतदान, विद्यार्थीका समस्या, दोहोरो कर प्रणाली, पुर्वगोर्खा सैनिकको अधिकार, नेपालीभाषी समुदायको सामिप्यता आदि) मा पैरवी गर्ने । ९) नेपाल सरकारको साझेदार एनआरएनए नेपालको समृद्धिको लागि सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने ।
को हुन् जोशी ?
चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका उनी सफल व्यवसायी र समाजसेवीका रुपमा अमेरिकी डायष्पोरामा अहिले निकै लोकप्रिय छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए र युनिभर्सिटी अफ डल्लासबाट इन इन्फरमेशन टेक्नोलोजीमा मास्टर्स गरेका छन् । नेपालमा स्वास्थ्य,शिक्षा, हाइड्रो, इन्स्योरेन्स, लघुवित्त, भुक्तानी सेवा प्रदायक, भेन्चर्स, हस्पिटालिटी, रियलस्टेट, इकमर्स लगायत क्षेत्रमा नेपालमा लगानी गरेका छन् । त्यस्तै अमेरिकामा इन्फरमेशन टेक्नोलोजी, रिटेल, क्यापिटल भेन्चर्स, हस्पिटालिटीमा उनको लगानी छ । एनआरएनए को २०१९–२०२१ को कार्यकालमा सचिवको जिम्मेवारी निभाएका उनी एनआरएनए २०१७–२०१९ मा रिजनल कोअर्डिनेटर, एनआरएन एनसीसी यूएसए २०१५–२०१७ को सल्लाहाकार, सन् २००७–२००९ मा नेपाल अमेरिका काउन्सिलकोमेम्बरसीप कोअर्डिनेटर, नेप्लिज कल्चर एण्ड स्प्रीचुअल सेन्टरको प्याट्रोनको रूपमा रहेका उनी सोही संस्थामा सन् २००६ मा फाउण्डिङ मेम्बरको रूपमा जिम्मेवारी निभाइसकेका छन् । उनी नेप्लिज सोसाइटी टेक्सास २००५–२००७ को पे्रसिडेन्ट र सोही संस्थामा सन् २००३–२००५ को कार्यकालमा महासचिवको रूपमा थिए । त्यस्तै आमा फाउण्डेशन नेपालमार्फत दुर्गम र सिमान्तकृत समुदाय स्वास्थ्य र शिक्षाका कार्यक्रम, फाउण्डेशनको छात्रवृत्ति कार्यक्रमअन्तर्गत टेक्सास युनिभर्सिटीका नेपाली विद्यार्थीलाई १० जनाका दरले ५ वर्षसम्म छात्रवृत्ति, चितवन लगायत विभिन्न जिल्लाका समुदायस्तरका संस्थालाई सहयोग गर्दै आएका छन् ।