एपेक्सका अध्यक्ष सुवास न्यौपाने नेशनल प्याब्सनमा सुवास न्यौपाने, को हुन न्यौपाने?

Image

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) को सातौं महाधिवेशनमा भएको सहमति अनुरुप सह अध्यक्ष सुवास न्यौपानेले नेशनल प्याब्सनको केन्द्रीय अध्यक्ष पदको पदवहाली गरेका छन्। सातौं महाधिवेशनमा भएको सहमति अनुरुप न्यौपाने पछिल्लो आधा कार्यकाल अध्यक्ष हुने गरी सहअध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए। शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा न्यौपानेले अध्यक्ष पदमा बहाली गर्दै नेशनल प्याब्सनलाई निजी विद्यालयको पेशागत र संस्थागत हकहित संरक्षण साथै विद्यालय शिक्षामा देखिएका समस्या समाधान गरी अघि बढ्न अथक प्रयास गर्ने बताए। उनले यसअघि भएको सहमति र प्रतिवद्धतालाई पालना गर्दै एकतावद्ध भएर अघि बढ्ने बताए । संस्थामा अब कुनै गुट र पक्ष विपक्ष नरहेको उनको भनाइ थियो। अध्यक्ष न्यौपाने शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले बेवास्ता गर्न नमिल्ने भन्दै विभेदकारी कानून र नीति नल्याउन सरकारसँग माग गरे। सो अवसरमा अध्यक्ष न्यौपानेले आफ्नो पदको गोपनीयताको शपथ लिएका थिए । यसैगरी अध्यक्ष न्यौपानेसहितका पदाधिकारीले आजै कार्यालय पुगेर कार्यभार समेत सम्हालेको जनाइएको छ । सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न पहिलो १८ महिना पाण्डव हमाल र दोस्रो १८ महिना न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो । हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएको थियो । कार्यक्रममा नेशनल प्याब्सनका पूर्वअध्यक्ष वसन्तबहादुर श्रेष्ठ, कर्णबहादुर शाही, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले कार्यकाल सफलताको कामना व्यक्त गरेका थिए। को हुन् न्यौपाने ? युनिभर्सिटी अफ एप्लाईड रिसर्च एण्ड डेभलपमेण्ट न्यूजिल्याण्डबाट दुई वर्षे अन्तराष्ट्रिय कार्यक्रम अन्र्तगत शैक्षिक नेतृत्व र व्यवस्थापनमा स्नातकोत्तर सुवास न्यौपाने त्रिभुवन विश्वविद्यालयबाट कला संकाय अन्र्तगत मानव तथा समाजशास्त्र विषय (दुई वर्षे) मा स्नातकोत्तर तथा तीन वर्षेमा स्नातक हुन् । हाल एपेक्स लाइफ स्कुल सरस्वतीनगर, काठमाडौंका अध्यक्ष न्यौपाने यसअघि सो स्कूलका निर्देशक थिए। भने स्टयाण्डफोर्ड इन्टरनेशनल स्कुल भक्तपुरका प्रिन्सिपलका रुपमा समेत काम गरिसकेका छन्। एन प्याब्सन काठमाण्डौँ जिल्ला समितिको उपाध्यक्ष, जिल्ला अध्यक्ष, एन प्याब्सन केन्द्रीय समितिको सचिव, महासचिव हुँदै गत निर्वाचनबाट सहअध्यक्षमा निर्वाचित भएका न्यौपानेले हाल संस्थाको नेतृत्व सम्हालेका हुन्। मुलुकको शैक्षिक विकास र उन्नतिमा आफूलाई समर्पित गरेर संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको विकासमा योगदान पु¥याउन न्यौपानेले खासगरी शैक्षिक क्षेत्रको नीतिगत, कानूनी र संस्थागत विकासमा आफूलाई निरन्तर उभ्याउँदै आएका छन् । विद्यालय तहको पठनपाठन नै मुलुकको शैक्षिक विकासको जग भएकाले लामो समय यसैमा आफू पठनपाठन, व्यवस्थापनदेखि यसका पेशागत संघसंस्थामा आवद्ध रही शैक्षिक जागरण, आन्दोलन र क्रियाकलापमा न्यौपाने सदैव प्रत्यक्ष परोक्ष संलग्न छन्। एन प्याब्सनको नेतृत्व तहबाट कुनै कसर बाँकी नराखी आफूले सक्ने प्रयत्न र मेहेनतबाट संस्थाको छवि, विश्वास र प्रभावकारिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुरयाउने अठोट र प्रतिवद्धता व्यक्त गर्छन्। संस्थाको सामूहिक र संस्थागत पहल र प्रयत्नबाटै देशको शैक्षिक विकास र उन्नयनमा टेवा पुग्ने उनको विश्वास छ । एपेक्स लाइफ स्कूल एपेक्स लाईफ स्कूल यस क्षेत्रको एउटा गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव क्रियाशील रहँदै विद्यालय हो । विद्यालयको संस्थागत तथा शैक्षिक विकासमा न्यौपानेको महत्वपूर्ण योगदान छ । विसं २०४० मा शिशु निकेतनको नामबाट सुरु भएर पछि यसलाई सिरिन भ्याली स्कुलको नामबाट सञ्चालन गरिएकोमा २०६७ सालदेखि एपेक्स लाइफ स्कुल नामकरण गरियो । २०७३ सालदेखि यो विद्यालय चावहिल सरस्वतीनगरमा सञ्चालन हुँदै आएको छ । मन्टेश्वरीदेखि १० कक्षासम्म पढाइने यहाँ हाल करिब चार सय विद्यार्थी अध्ययनरत छन् । हालसम्म ३० ब्याच विद्यार्थीले एसएलसी दिइसकेको र उत्कृष्ट नतिजा हासिल गरेको जनाइएको छ । संस्कारसहितको शिक्षाले मात्र एउटा पूर्ण मानवको परिकल्पना गर्न सकिने हुँदा विद्यालयमा हुने विभिन्न सृजनात्मक र रचनात्मक क्रियाकलापले विद्यार्थीहरुमा शिक्षा, ज्ञान र नैतिक मूल्य मान्यताको अभ्यास र आत्मविश्वास बढाउने सन्दर्भमा यहाँ पाठ्यपुस्तकभन्दा पाठ्यक्रमलाई आधार मानेर शिक्षण गरिएको र एक्काइसौ शताब्दी सुहाउँदो आधुनिक र गुणस्तरीय शिक्षामा जोड दिइएको छ । विद्यालयले कक्षा १ देखि ३ कक्षासम्मको पाठ्यक्रमलाई आधार मानेर रचनात्मक र सिर्जनात्मक बनाउने उद्देश्यका साथ किताबरहित शिक्षण सिकाइमा जोड दिएको छ । शिशु कक्षा पनि चलाएको छ । कामकाजी अभिभावकलाई लक्षित गरेर बिहान आठ देखि साँझ साढे चारबजेसम्म आठ घण्टे कक्षा सञ्चालन गरेको छ । विद्यालयले २१ औँ शताब्दीको समय सापेक्ष शिक्षा नै आफ्नो लक्ष्य भएको जनाएको छ । लामो समयदेखि पूर्वीय दर्शन तथा साहित्यलाई जगेर्ना उद्देश्यले संस्कृत भाषाको पनि शिक्षण सिकाइ क्रियाकलाप सो विद्यालयले सञ्चालन गर्दै आएको छ । ‘विद्यालयको कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र शिक्षण सिकाइ क्रियाकलापलाई सीमित नराखी स्थलगत भ्रमण, पुस्तक भन्दा बाहिरका सन्दर्भबाट व्यवहारिक कुशल सीप सिकाउने प्रयास गर्दै आएका छौं,’ विद्यालयका अध्यक्ष सुवास न्यौपाने भन्छन्, ‘अनुभवी, दक्ष, कर्तव्यनिष्ठ शिक्षकहरूद्वारा एउटा बालकलाई पूर्ण कर्मयोगी मानव बनाउने अभियानमा दत्तचित्त भएर हामीले पठनपाठन केन्द्रित गरेका छौं ।’ तालिमप्राप्त योग्य शिक्षकद्वारा शिक्षण, उपयुक्त भौतिक संरचना, अत्याधुनिक पुस्तकालय, सुविधायुक्त फर्निचर तथा डिजिटल (आइसिटी) कक्षाकोठाको समुचित व्यवस्थापन साथै पर्याप्त खेलमैदानको सुविधा, सिर्जनात्मक क्रियाकलाप, विभिन्न श्रव्यदृश्य सामग्री एवं परियोजनात्मक क्रियाकलापका विद्यालयमा आवश्यकता अनुसार सञ्चालन गरिने विद्यालयका व्यवस्थापक विन्दु न्यौपानेको भनाइ छ । यसका अतिरिक्त विभिन्न जातीय, धार्मिक एवं सांस्कृतिक विविधता झल्काउने खालको क्रियाकलापमा बढीभन्दा बढी विद्यार्थीलाई सहभागी गराईएको छ । साथै विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापबाट मात्र एउटा बालक पूर्ण शिक्षित नागरिक बन्न सक्छ भन्ने विद्यालयको मान्यता छ । विद्यालयले ब्रिटिस काउन्सिल अवार्ड, राइजिङ स्कुल अवार्ड र द वेस्ट स्कुल अवार्ड प्राप्त गरेको छ । विद्यालयले असल संस्कारमा विश्वास गर्ने शैक्षिक केन्द्रका रुपमा आफूलाई अघि बढाउँदै समयसापेक्ष आधुनिक शैक्षिक दर्शन, पद्धति तथा अभ्यासलाई आत्मसात् गरेको छ । खासगरी प्रत्येक विद्यार्थीमा अन्तरनिहित प्रतिभा, क्षमता र सीपलाई उनीहरूकै व्यावहारिक अभ्यास र अनुभवका आधारमा सिक्ने वातावरण उपलब्ध गराउँदै आएको विद्यालयले जनाएको छ । सूचना प्रविधि र इन्टरनेटको तीव्र विकासले विश्वलाई नै एउटा सानो गाउँमा रुपान्तरण गरेको वर्तमान परिवेशमा शिक्षा र सिकाइ पनि प्रतिस्पर्धात्मक बनेको यथार्थलाई स्वीकार्दै विश्वका जुनसुकै ठाउँमा पुग्दा पनि आफूलाई योग्य र अब्बल बनाउने गरी आधारभूत विद्यालय शिक्षाको आधार र जग बसाउन यहाँका विद्यार्थीलाई सिकाइ, शिक्षण र व्यवहारिक ज्ञान दिने वातावरण सृजना गरिएको विद्यालयको भनाइ छ ।

Tags: