
काठमाडौं– गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का सचिव गंगाधर गौतमले परिषद्को ११औं महाधिवेशनमार्फत २०२३–२०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
‘गैर आवासीय नेपाली संघको अभियान २० वर्ष पुगेको छ । तपाई हाम्रो सामुहिक प्रयत्नले अभियान यहाँसम्म आइ पुगेको हो,’ गौतमले भनेका छन्, ‘अझै गैर आवासीय नेपालीले उठाएका धेरै महत्वपुर्ण मुद्धाहरुलाई निष्कर्षमा पुर्याउनको लागि राजनैतिक समन्वय पनि अत्यन्तै जरुरी छ ।’
यस अघि महासचिवको रूपमा चर्चामा रहेको गौतमले दाबी परिवर्तन गरेका हुन्।