भारतीय गायक कैलाश खेर नेपालमा, आज साँगीतिक प्रस्तुति दिँदै

Image
काठमाडौं – प्रसिद्ध भारतीय गायक कैलाश खेर र उनको ब्यान्ड कैलशाले आज प्रिभे नेपाल, सोल्टी होटलमा साँगीतिक प्रस्तुती दिँदै छन् । उनी यसै प्रस्तुतीका लागि शुक्रबार नेपाल आएका थिए । गत भदौ २९ मा खेर नेपाल आउने कार्यक्रम भएपनि विशेष कारणबस उनको कार्यक्रम तोकिएको मितिमा हुन नसकी असोज १२ शुक्रबार सारिएको थियो तर, आयोजकले उनलाई असोज १२ मा हुने कार्यक्रमका लागि नेपाल ल्याउन नसकेपछि सामाजिक संजालमा सूचना जारी गर्दाै कार्यक्रम पुनः सरेको र अर्काे मिति बुधबार तोक्ने बताएको थियो । तर, माईपे इभेन्टले शनिबारको प्रस्तुतीका लागि खेरलाई नेपाल ल्याएको छ । माईपे का प्रमुख कार्यकारी अधिकृत मनोजकुमार मेहताका अनुसार, खेर नेपाल आउने भएपछि उत्साहित भएका उनका फ्यानहरु उनको कार्यक्रम पटक पटक सरेर निरास देखेकाले आफैले कार्यक्रमको आयोजना गरेको बताए । ‘उनलाई हेर्न धेरै नेपाली उत्साहित थिए,’ उनले भने, ‘त्यसैले आफैले कार्यक्रम आयोजना गरेर नेपाल ल्याएका छौं ।’ कैलाश खेरको यस कार्यक्रम यस अघिको आयोजक सँग कुनै पनि हिसाबले सम्बन्धीत नभएको मेहताले प्रस्ट पारेका छन् साथै उनले माईपेले तोकेको आधिकारीक स्थान बाहेक अन्य ठाउँबाट काटिएको टिकट मान्य नहुने बताएका छन् । उनले सम्पूर्ण खेरका समर्थकलाई माईपे डिजिटल वालेटबाट टिकट काटी रमाइलो गर्न समेत आह्वान गरेका छन् । उनले ‘ओ सिकन्दर’, ‘तेरी दिवानी’, ‘सैया’, ‘या रब्बा’ र चलचित्र ‘बाहुबली २ः द कन्क्लुजन’ को ‘जय जय कारा’ र ‘जल रही है चिता’ लगायतका १५०० भन्दा धेरै चर्चित हिन्दी गीतका आफ्नो जादुयी आवाज दिएका छन् । उनी केही वर्ष अघि पद्यमश्री अवार्डबाट समेत सम्मानित भएका थिए ।    
Tags: