फेसन डिजाइनको भविश्य धेरै राम्रो छ -फेसन डिजाइनर अनिता खाती क्षेत्री

Image

फस्ट क्रियभिट ह्याट डिजाइनरको पहिचान बनाएकी अनिता खाती क्षेत्री नेपाली फेसन डिजाइनमा स्थापित आर्टिस्ट हुन्। फरक फरक फेसनलाई पस्कँदै आएकी अनिता आफ्नो फेसन डिजाइनलाई ‘युनिक नेस’ दिन सफल छिन्। आफ्नो कलालाई अन्तरराष्ट्रिय स्तरसम्म स्थापित गर्न सफल अनिता नेपालमा फेसन डिजाइनको भविश्य राम्रो देख्छिन् । नेपाली धेरै फेसन कन्सियस भएको उनको बुझाइ छ। कुपण्डोलमा ‘अनिताज डिजाइन’ सञ्चालनमा ल्याएकी अनिताले नेपाली फेसन डिजाइनको अवस्थाको बारेमा छोटो कुराकानी गरेकी छिन्ः नेपालमा फेसन डिजाइनको बजार कस्तो छ ? पहिलेको तुलनामा नेपालमा फेसन डिजाइनको अवस्था सुधारिएको छ। फेनसनेवल र डिजाइन गरिएका कपडा खोज्न आउने तथा लगाउनेको संख्या बढ्दै गएको छ। नेपालीहरूको कति फेसनमा कति सचेत छन्? नेपालीहरूको फेसन प्रतिको रूचि पनि बढेर गएको छ। फेसन प्रति धेरै सचेत रहेको समेत पाइन्छ। त्यसमा पनि आफ्नो शरीरको बनोट, अनुहारको संरचना, कलरको च्वाइसका आधारमा डिजाइन छनौट गरेको पाइन्छ। सामान्य कपडाभन्दा डिजाइनिङबाट बनाइएका कपडा महंगो भन्न मिल्छ ? सामान्यभन्दा डिजाइन गरिएका कपडा अरू कपडाभन्दा फरक नै हुन्छन्। डिजाइन गर्दा त्यसमा थप सृजशीलताको प्रयोग हुन्छ, समय धेरै लगाइएको हुन्छ, त्यसको फिनिसिङमा ध्यान दिइएको हुन्छ। लगाउनेले पनि ‘कम्फर्ट फिल’ गरेका हुन्छन्। कपडाको ‘युनिकनेस’ लगायतका कारण अन्य रेडिमेड कपडाभन्दा डिजाइनका कपडा केही महंगो पर्न जाने हो। डिजाइनिङमार्फत बनाएका कपडा लगाउँदाको फाइदा के हो ? डिजाइनका कपडा बनाउदा नै शरीरको बनोट अनुसार बनाइएको हुँदा देख्दा आकर्षक देखिन्छ। लगाउदा पनि सजिलो पनि हुन्छ। यसले नयाँ लुक्स दिने र यसलाई बनाउँदा प्रयोग गर्ने मटेरियल र फेब्रिक राम्रो प्रयोग गरिने हुनाले पनि डिजाइन गरिएका कपडा लगाउनु राम्रो हुन्छ। नेपालमा फेसन डिजाइनको भविश्य कस्तो देख्नुहुन्छ ? नेपालमा फेसन डिजाइनको भविश्य धेरै नै राम्रो हुँदै गएको छ। फेसन प्रतिको क्रेज युवमा धेरै देख्न पाइन्छ। उमेर अनुसार कस्तो कस्तो लगाउने भन्ने क्याटोगोरी फरक फरक हुने नै भयो। फेसन र स्टाइलमा हरेक उमेर समूहलाई चाहिने देखिएको छ। फेसनप्रतिको मोह एक्कासी बढेर गएको छ। फेसनमा काम गर्न रुचाउने देखि डिजाइनका कपडाको लागि दिनमै दर्जनौ फोन कल आउने गरेको समेत छ। नेपाली फेसन डिजाइनको बजारका आफ्नै विशेषता छ? नेपाली फेसन डिजाइनको आफ्नै विशेषता पनि छ। बाह्य प्रभाव पनि रहन्छ। अहिले नेपाली कपडालाई डिजाइन गरेर लगाउने क्रम पनि बढेको छ। नेपाली ढाकाको कपडा, खास्टोको कपडा फेसनको रूपमा प्रयोग गर्ने चलन बढेको छ। नेपाली फेसन डिजाइनलाई अन्तरराष्ट्रियकरण गर्न सकिन्छ? नेपाली कपडालाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउने सम्भावना छ। खासगरी ढाकाको कपडामा त्यो सम्भावना म देख्छु। त्यसको लागि नेपाली कलाकारले ढाकाका कपडा लगाउने र अन्तरराष्ट्रिय ‘शो’ हरूमा यसको प्रचार प्रसार गर्न सके प्रवद्र्धन गर्न सकिन्छ। अनिताका केही फेसन डिजाइनका मोडलहरूः   तस्वीर सबै अनिता खातीबाट

Tags: