पाण्डवखानी समाज युकेका अध्यक्ष थापालाई स्वागत

Image
सुरेश छन्त्याल/बागलुङ
गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको न्यु घुम्टे एजुकेसनल एकेडेमी बोर्डिङ स्कूलमा पाण्डवखानी समाज युकेका अध्यक्ष खर्क थापालाई स्वागत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र घर्तीको अध्यक्षतामा गलकोट नगरसभा सदस्य रामप्रसाद विक, वडा सदस्य करिष्मा भित्रकोटी, पत्रकार सुरेश छन्त्याल, शिक्षक, शिक्षिका, लगाएतको सहभागितामा थापालाई स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा बोल्दै पाण्डवखानी समाज युकेका अध्यक्ष थापाले विद्यालय भनेको सुनौलो घर र भविष्य निर्माण गर्ने घर हो भन्दै विद्यालयका लागि समाजको भूमिका रहने, डाक्टर ईन्जिनियर बन्नसकेपनि व्यक्तित्व विकास र समाजको लागि सामाजिक कार्यमा अग्रज बन्न आग्रह गरे । त्यस्तै उनले गाउँमा धेरै सरकारी विद्यालयहरु भएता पनि एक बोर्डिङ स्कुल रहेको भन्दै बोर्डिङ स्कुलको चर्चा गरेका थिए।
Tags: