भारतको गहु चिनि लगायतका वस्तुको निर्यात प्रतिवन्ध नेपालका लागि होइन : भारतीय राजदूत श्रीवास्तव

Image
काठमाडौं– भारत सरकारले गहु, चिनि लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने कुरा नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारेकाछन्। नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा बिहीबार उनको सम्मानमा उद्योग वाणिज्य महासंघ सचिवालयमा आयोजना गरिएको औपचारिक भेटवार्तामा सो कुरा बताएका हुन् । भारत सरकार, भारतसंगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा रहेको उनको भनाई थियो । ‘तपाईहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ’ राजदूत श्रीवास्तवले भने ‘हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौं । ’ राजदूत श्रीवास्तवको महासंघ सचिवालयमा अध्यक्ष शेखर गोल्छाले स्वागत गरेका थिए । स्वागत मन्तव्यका क्रममा अध्यक्ष गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए । महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैर भंसार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए । अध्यक्ष गोल्छाले नेपालको भारतसंगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताए । लामो समयदेखि मीरगंज पुल बन्न नसकेकोतर्पm ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह गरे । कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको उपस्थिति रहेको थियो । उक्त भेटवार्तामा उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
Tags: