कामना सेवा विकास बैंकका ग्राहकलाई एनएस युनिसेक्समा छूट

Image
काठमाडौं– कामना सेवा विकास बैंकका ग्राहकले एनएस युनिसेक्स सैलुनमा छूट पाउने भएका छन्। दुई संस्थाबीच बुधवार छूटसम्बन्धी सम्झौता भएको हो। सम्झौताअन्तर्गत बैंकका ग्राहकले रूपन्देहीको देवदह नगरपालिका–७ देवदहस्थित सैलुनका सेवामा २० प्रतिशतसम्म छूट पाउने बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले लाभ लिने अपेक्षा बैंकको छ ।
Tags: