के. एल. दुगड समुहकोे ज्ञान मखाना बजारमा

Image
काठमाडौं – के. एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । के. एल. दुगड समुहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएको उत्पादकको दावी छ । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिने उत्पादकले जनाएको छ । ‘मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ , यो खीर सहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ ।’ उत्पादकले भनेको छ । ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध छ ।
Tags: