अष्ट्रेलिया डायरी : अष्ट्रेलिया पुग्दै गर्दाको छटपटी

Image
जयदेश श्रेष्ठ भाद्र २, २०८० बिहान उठेदेखि मनमा रोचकता कौतुहलता , उत्साह मनमा केही डर थियो । केही अकल्पनीय घटना नहोस् । छोरी जस्मिनको पहलमा अस्ट्रेलिया जाने सबै प्रबन्ध मिली सकेको थियो । घर व्यवस्था र पारिवारिक साथीभाइको इष्टमित्रहरूले गरेको बिदाई कार्यक्रम पनि तय भएको थियो । हामी आज रातको ११.३० बजे उड्ने तरखरमा छौं। मङ्गलवार भएकोले बिहानै सिद्धिविनायक साँगाको गणेश मन्दिरमा गइयो भने श्रीमती साथीहरूसँग सूर्य विनायक गणेश मन्दिर गइन् । शुभ साइत भएर अस्ट्रेलिया प्रस्थानको तयारीमा आफन्त परिवारबाट बिदावारी भएर भाइहरू जयन्द्र र अमितको गाडीमा एयरर्पोट पुगियो । अब शुरू भयो हाम्रो प्रारम्भिक यात्रा । आधुनिक व्यवस्थापनको सबल पक्ष हामी घरबाट निस्केर अर्को महादेश अस्ट्रेलिया छोरीको ठाउँसम्म पुग्दा खल्तीको एक पैसा खर्च भएन । सोचेका थियौं, बाटोमा अनेक झै झन्झट अफ्ठेरो समस्या आइपर्ने होला । तर केही त्यस्तो व्यवधान आइपरेन भन्दा पनि हुन्छ । अस्ट्रेलियाको सिड्नी पुगेर हाम्रो आफ्नो यात्रा विश्लेषण फर्केर हेर्दा यसपालीको दशैं तिहार दुई महिनाको यात्रा कार्यक्रम लिएर विदेशमा रहेको छोरी परिवार आफन्त माझ मनाउने भइयो । त्यसको लागि आफ्नो घर परिवारको जिम्मेवारी छोरा जुगललाई सुम्पिएर हामी ढुक्कले अस्ट्रेलिया जाने तरखरमा थियौं । मेरो मनमा सबैभन्दा ठूलो डर स्वास्थ समस्या जताततै फैलिएको आँखा पाक्ने रोग थियो । जुन एक आपसको नजिक हुँदा चाँडै नै सर्ने हुन्छ । यही कुराको मनमा ठुलो डर थियो । टोलमा छिमेकमा धेरैको आँखा पाकेको थियो । कोही आफन्तहरू भेटघाट कार्यक्रम आँखा पाकेको कारणले गर्दा नै भेटघाट हुन सकेन । यो समस्या विदेश जानेको लागि ठूलै हो । कालो चस्मा लगाएर नेपालबाट उडे पनि मलेसिया सिड्नीबाट फर्काउन सक्छ । त्यसले पनि सजक थिए ।
काठमाडौं एयर्पोटबाट बाहिरिन लाइनमा बसियो । ट्रलीहरू बिग्रिएको भनेर छान्नुपर्ने भयो । ट्रलीमा लगेज राखेर लाइन बस्दा दुई लाइनमा परियो । दोहोरो लाइनबाट मेरो ट्रली छिर्न दिए । एउटै टिकट भएकोले श्रीमतीको ट्रली पनि सँगै राख्न खोज्दा अर्को मान्छे मानेन अलि ठाकठुक पर्यो । मेरो श्रीमती पनि रिसाइन् ! सानो कुरामा कस्तो रिसाएको भन्ने अरूलाई पनि लाग्यो होला ।
बनेपा लक्ष्मी सनाइज बैंकबाट अस्ट्रेलियन डलर साट्नु थियो । बैंकमा गएर डलर साटने क्रममा साथी सुमितसँग भेट भयो । सँगै बसेर धेरै बेर गफ गरियो । त्यसपछि उसले कालो चस्मा आफ्नो आँखा दुखेकोले लगाउनु परेको बतायो । यो कन्जङ्क्टिभाइटिस (आखाँ पाक्ने रोग) चाँडै नै सर्ने भएकोले अलि सचेत होसियारी अपनाउनुपर्ने बतायो । हत्त न पत्त उ बाट टाढा हुन खोजे । मुखबाट फुत्की हाल्यो । म भोली सिड्नी जाँदैछु । उसले अहो बधाई शुभ यात्रा भन्दै हात मिलाएको छोडेकै हैन , के गर्ने ? आँखा पाक्ने रोग त भेटघाटसँगै बस्नाले भन्दा रोगी सँगको संसर्ग उसले प्रयोग गरेको सर सामान आदिले गर्दा छिटै सर्छ । म उ बाट फुत्किने प्रयासमा थिएँ । जब छुट्टिएँ अब हात कसरी सफा गर्ने ? बैंकको कर्मचारी हाम्रै भाइ भएकोले गएर उसको सेनिटाइजरले हात सफा गरें । काम सकेर साथीलाई टाढाबाट नै बाई भने घर फर्किए । काठमाडौं एयर्पोटबाट बाहिरिन लाइनमा बसियो । ट्रलीहरू बिग्रिएको भनेर छान्नुपर्ने भयो । ट्रलीमा लगेज राखेर लाइन बस्दा दुई लाइनमा परियो । दोहोरो लाइनबाट मेरो ट्रली छिर्न दिए । एउटै टिकट भएकोले श्रीमतीको ट्रली पनि सँगै राख्न खोज्दा अर्को मान्छे मानेन अलि ठाकठुक पर्यो । मेरो श्रीमती पनि रिसाइन् ! सानो कुरामा कस्तो रिसाएको भन्ने अरूलाई पनि लाग्यो होला । हामी सबैले ट्रली बिग्रिएको रहेछ भन्यांै । रोक्नुपर्दा छोड्नुपर्ने ब्रेक हामीले छोडेर नै ट्रली घिसार्न थाल्यौ त्यसैले बिग्रिएको ट्रलीलाई राम्रो भनेर चलायौ जसमा ब्रेक नै थिएन । विदेशिन परेको मनस्थितिमा अर्काको ट्रलीले नली खुट्टामा ठोकिँदा कस्तो हुन्छ होला ? अगाडिको त्यो मान्छेलाई पटक पटक हाम्रो ट्रलीले हानेको थियो । त्यसैगरी मलाई पनि पछाडिको ट्रलीले हान्दै गरेको थियो । मेरो श्रीमतीलाई पनि ट्रलीले हान्यो भनेर रिसाउँदै थिइन् । हामीहरूलाई ट्रली चलाउने अभ्यास नै थिएन । त्यसैले एकआपसमा सरी भन्दै थियौं । आखिर ट्रली ब्रेक भनेको थिचेर पो चलाउनुपर्ने रहेछ ।
प्लेनमा रक्सी बियर पनि दिन्छ भन्थे तर जसले माग्यो उसलाई मात्र दिने रहेछ । साउथ इन्डियाको एउटा ग्रुप थियो । उनीहरूले मागी मागी धेरै बियर पिँउदै थिए । मलाई पनि बियर पिउने हो कि भनेर उनीहरूले सोध्दै थियो । एक पैक हार्ड ड्रिङ्क भनेको ल्याएकै होइन । फेरि माग्न मन लागेन । जे होस् प्लेनमा पनि रिक्वेस्ट गरी मागी खानेहरूलाई मात्र ड्रिङ्स् पाउने रहेछ ।
भित्र ट्रलीको सामान झिकेर अक्सरे मिसिनमा राख्नु थियो साथै मोबाइल, पेटी , पर्स र लगाएको जुत्ता समेत मेसिनमा राखेर आफूलाई प्रहरीले ठाडो हात गरेर चेक गरी रहदा उता आफ्नो सामान अरूले टप्काउला कि भन्ने डर कसलाई हुँदैन । यस्तो अव्यवस्थित काठमाडौं एयर्पोटमा यात्रुलाई सबैभन्दा गाह्रो हुने रहेछ । अस्तव्यस्त भीडमा आफ्नो सामान छुटिने हो कि, हराउने हो कि, लुकाउने हो कि, फर्काउने हो कि, अन्योलमा धेरै यात्रुहरू तड्पिने गर्दछन् । कोही यात्रुहरू आफ्नो सामान र आफू के कारणले रोकियो ? मेरो के प्रक्रिया मिलेन ? भनेर कर्मचारीहरू सँग जवाफ चाहियो भनेर रिसाएको पनि देखियो । हाम्रो एर्पोट र कर्मचारी व्यवस्थापन यस्तै हो भनेर असन्तुष्टि जनाउने धेरै देखियो । हाम्रो सामान पास भएपछि प्लेन पर्खने तिर लागियो । मलेसियामा ट्रान्जिटमा समस्या होला कि भन्ने डर सबै नयाँ यात्रुहरूमा थियो । यात्रामा कोही कसैले सहयोग गर्दैनन् । आफै जान्नुपर्ने हुन्छ , होइन भने ह्विल चियरको टिकट लिनुपर्छ भनेर साथीले सुझाव दिएका थिए । मैले सिड्नी जाने नेपालीहरू मिलेर जानुपर्छ भनेर नेपालीहरू खोज्दै थिएँ । मेरो सिटसँगै नेपाल घुम्न आएको एक चाइनिज थियो । परिचय कुराकानी गर्दा नेपाल र नेपाली राम्रो भनेर प्रशंसा गरे । हामीले पनि परिचय ग¥याैं, कुराकानी ग¥यौं । उ त्यहाँबाट अष्ट्रेलियाको पर्थ जाने रहेछ हामी सिड्नी जाने उसले हामीलाई कम्प्युटर स्क्रिनमा ट्राजिटको सबै जानकारी दिएर कुन गेट कसरी जाने भनेर विदेशीले समेत सबै सिकाएर सहयोग गरे । हामी नेपालीहरू बसमा चढेर सी१७ को गेटमा जम्मा भयौं ।
जब हामी नजिक पुगियो , सोध्दै नसोधी सबै मैले लगेज हतार हतार एक्स–रे मेशिनमा राखी दिए । चेक गर्ने कुइरे ओ , नो भन्दै टाउको समाएर बस्यो । मैले ओ, सरी भनेर लगेज झिक्न खोजे ! पछि उसले ओ, के ! ओ, के ! भन्न थाल्यो । एक्स–रे बाट ओ, के भएपछि धन्य हाम्रो सामान खोलेन ।
मलेसियामा खासै चेक जाँच भएन । चिनापर्ची भएका साथीहरू आ–आफ्नो टिकट अनुसार सिटमा बस्न थाल्यौं । खाजा हो की खाना ? ब्रेक फाष्ट जस्तै हलुका खाजा सेटले बिहानीदेखिको भोको पेट भर्नुपर्नेभयो । मलेसियन एयर होस्टेजले फिर्ता भाँडो माग्दै आउँदा एउटा अर्को पकेट रोस्ट माग्दा दियो अब भने मजाले पेट भरियो । प्लेनमा रक्सी बियर पनि दिन्छ भन्थे तर जसले माग्यो उसलाई मात्र दिने रहेछ । साउथ इन्डियाको एउटा ग्रुप थियो । उनीहरूले मागी मागी धेरै बियर पिँउदै थिए । मलाई पनि बियर पिउने हो कि भनेर उनीहरूले सोध्दै थियो । एक पैक हार्ड ड्रिङ्क भनेको ल्याएकै होइन । फेरि माग्न मन लागेन । जे होस् प्लेनमा पनि रिक्वेस्ट गरी मागी खानेहरूलाई मात्र ड्रिङ्स् पाउने रहेछ । सिड्नी अवतरणको लागी आफूले ल्याएको सामान चेक लिस्ट भर्नुपर्ने रहेछ । सिड्नीमा लगेज खोलेर चेक गर्छ भनेर सबै सतर्क थिए । सिड्नी ल्यान्ड भएपछि हामी नेपालीहरू सबै जसो एक ठाउँ मै थियौं । आफ्नो पासपोर्ट मेसिनमा आफैले ईन्ट्री गरेर मात्र अगाडी जानुस् भन्दै थियो तर हामीहरूको नेपाली पासपोर्ट मेसिनले रिड गरेन । अलि जान्ने नानीबाबु विधार्थीहरुको पासपोर्ट पनि इन्ट्री नभए पछि के गर्ने ? हामीले त्यहाँ काम गर्ने नेपाली स्टाफ नानीलाई सोध्यौं । उनले त्यसो भए यता आउनु होला भनी बोलायो । त्याहाँ पासपोर्ट इन्ट्री भए पछि हामी खाली भएको ठाउँहरूमा सबैले इन्ट्री गराउन थाल्याैं र आ आफ्नो लगेजहरू खोज्न थाल्यौं । ૪ सुटकेस र १ ब्याग २ वटा ट्रलीमा राखेर हामी चेक लाइनमा उभियौं। लाइनमा सबैको डर थियो, लगेज खोलेर कसरी चेक गर्ने हो । समान फाली दिने हो की, जरिमाना तिराउने हो । जब हामी नजिक पुगियो , सोध्दै नसोधी सबै मैले लगेज हतार हतार एक्स–रे मेशिनमा राखी दिए । चेक गर्ने कुइरे ओ , नो भन्दै टाउको समाएर बस्यो । मैले ओ, सरी भनेर लगेज झिक्न खोजे ! पछि उसले ओ, के ! ओ, के ! भन्न थाल्यो । एक्स–रे बाट ओ, के भएपछि धन्य हाम्रो सामान खोलेन । बाहिर हामीलाई स्वागत गर्न पर्खी बसेका छोरी बाबुले फूलको गुच्छा र वेलकम बेलुनले स्वागत गरे । हामीलाई जस्तै अरू सबैलाई आ आफ्नो मानिसहरूले पर्खी बसेका थिए । हामी नेपाली साथीहरू मेरो त आफ्नो मान्छे भेटियो है ! भन्दै बिदा हुन थाल्यौ । आहा कति सजिलै सिड्नी पुगेको ! हाम्रो यात्रा सफल भएको आभास भयो ।  
Tags: