पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण शुरू

Image
काठमाडौं–घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण शुरू भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण शुरू भएको हो। हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफूले चाहेको समयमा हेर्न सकिने बताइएको छ। गरीबीको पीडा, महिलामाथिको विभेद, शिक्षाबाट बञ्चित चेलीको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रूपमा उठान गरिएको छ । सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सीताको भूमिकामा सुनिसा बजगाईंले सशक्त अभिनय गरेकी छिन् । त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलीले सीताको जड्याहा श्रीमान्को भूमिका निभाएका छन् । त्यस्तै राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भूमिका देख्न सकिन्छ । https://www.youtube.com/watch?v=aT1DwoeTayc&t=31s
Tags: