क्रियटिभको दशैं लक्षित ‘पपअप इभेन्ट’

Image
काठमाडौं- क्रियटिभ नेपाल प्रडक्टले असोज ११ र १२ (२८ र २९ सेप्टेम्बर) मा दशैं विशेष ‘पपअप इभेन्ट’ आयोजना गर्ने भएको छ । क्रिएटिभ नेपालले आफ्नै परिसरमा इन्द्रजात्राको अवसर पारेर मेला आयोजना गर्न लागेको सञ्चालक अदिती सिंह शाहले जानकारी दिइन्। मेलामा महिलाका लागि आकर्षक सारीदेखि बालबालिका र पुरुषका लागि दशैं ड्रेस समेत पाइने बताइएको छ। जयपुरका रजाई र तन्ना, उचित मूल्यमा आर्टिफिसियल गहना लगायत राखिने उनले बताइन्। इभेन्टमा क्रियटिभ बाहेकका स्टल पनि रहने शाहको भनाइ छ । क्रियटिभले यो अवधिमा आफ्ना उत्पादनको भारी छूटमा सेल अफर समेत रहेको उनले बताइन् । उनका अनुसार सेल अफर यसपछि नियमित रहने बताइएको छ।
Tags: