पाण्डवखानी स्वास्थ्य चौकीमा ‘एमएनएज सम्बन्धी तीनदिने अनसाइड कोचिङ मेन्टरिङ’ कार्यक्रम 

Image
सुरेश छन्त्याल/बागलुङ बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरूका लागि ‘एमएनएज सम्बन्धी तीनदिने अनसाइड कोचिङ मेन्टरिङ’ कार्यक्रम सम्पन्न भएको छ। गलकोट नगर स्वास्थ शाखा र पाण्डवखानी स्वास्थ चौकीको आयोजनामा उक्त कार्यक्रम गरिएको बताइएको छ। कार्यक्रम ग्रामिण सुधार परियोजनाको प्राविधिक सहयोग गरिएको हो। त्यस्तै, बर्डिङ सेन्टरको गुणस्तर सुधार स्कोर कार्डसम्बन्धी स्वास्थचौकी व्यवस्थापन समितिलाई गुणस्तरका भाग, रङको संकेतका विषयमा जानकारी गराइएको थियो। बुर्तिवाङ प्राथमिक स्वास्थ केन्द्रमा कार्यरत कार्यरत नर्सिङ निरिक्षक पार्वती अर्यालले अभ्यास, स्रोत, साधन र वातावरणबारे जानकारी दिएकी थिइन्। कार्यक्रममा स्वास्थकर्मी, व्यवस्थापन समिति, सामाजिक परिचालक लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन ग्रामिण स्वास्थ सुधार परियोजनाका सुपरभाइजर रामेश्वर शाहले गरेका थिए।
Tags: