कृषकको बाख्रा मरेपछि बीमाको क्षतिपुर्ति

Image
बर्दिया– बर्दिया राजापुर ५ बदलापुरका बाख्रापालक कृषक भौना थारुले आफ्नो बाख्रा मरेपछि बीमा रकम पाएकाछन् । आफूले पालेको बाख्राको बीमा गरेका उनल बाख्रा मरेपछि शिखर इन्स्योरेन्स कम्पनीका प्रतिनिधि रौनक थारु मार्फत क्षतिपूर्ति रकम पाएका हुन् । बिहीबार राजापुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष रमेश दहितले बाख्रा पालक कृषक थारुलाई हस्तान्तरण गरेका हुन्। क्षतिपूर्तिको रकम समयमै पाइने भएको हुनाले राजापुर नगरपालिका सङ्ग सम्झौता गरेको शिखर इन्स्योरेन्स कम्पनीमा पशु बिमा गरि ढुक्क हुन कृषकहरुलाई वडाध्यक्ष दहितले अनुरोध गरे ।
Tags: