सहुलियत मूल्य पसल असोज २१ देखि, ४२ जिल्लाका ४८ ठाउँमा (सूची सहित)

Image
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज २१ देखि सुपथ मूल्य पसल राख्ने तयारी गरेको छ। नियमित रूपमा गर्दै आएको सुपथ मूल्य पसलको निरन्तरता स्वरूप पसल सञ्चालन हुन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिए। सरकारको लक्ष्य अनुरुप उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । यसवर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई रू. २ करोड ३२ लाख २० हजार बजेट छुट्याएको उनले जानकारी दिए। गतवर्ष जस्तै यसपटक पनि विभिन्न छूट मूल्यमा खाद्यान्न र मासुका लागि खसी तथा च्याङ्ग्रा विक्री गरिने उनले बताए । मूल्य निर्धारण गर्दा बजार मूल्यभन्दा कम रहने गरि लागत मूल्यमा सञ्चालन नाफा जोडेर मूल्य निर्धारण गरिने उनको भनाइ छ । सुपथ मूल्य पसल पूर्वमा झापादेखि पश्चिम महेन्द्रनगरसम्मको तयारी रहेको उनको भनाइ छ। ४२ जिल्लामा सुपथ मूल्य पसल रहेपनि काठमाडौं, कास्की, गोरखा, रूपन्देही, डोल्पा, बाजुरामा २÷२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिन लागेको हो ।
Tags: