पठाओको ‘पठाओ दशैं महोत्सव’

Image
काठमाडौं– पठाओ नेपालले दशैंका अवसरमा सोमबारबट ‘पठाओ दसैं महोत्सव’ अफर शुरू गरेको छ। असोज ८ बाट सुरु भएको महोत्सव असोज २८ सम्म चल्ने कम्पनीका प्रवक्ता शशांकशमशेर थापाले जानकारी दिए। यस महोत्सवमा कम्पनीले राइडरका लागि ‘कम कमिसन धेरै कमाइ, यो दशैं रमाइ–रमाइ’ भन्ने मूलनारासाथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए। कम्पनीले अफरको बम्पर पुरस्कारअन्तर्गत यामाहासँगको सहकार्यमा दुईजनालाई यामाहा ‘रे जेडआर १२५’ एफआई हाइब्रिड स्कुटर दिइने थापाले बताए। योजना अवधिभर चालकले राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जाने छ। हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन छ। अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जाने छ। जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तीमा १ प्रतिशतसम्म आउने छ। बम्पर विजेता लक्की ड्रबाट छानिने र लक्की ड्रमा उम्मेदवार बन्न राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) ले निश्चित नियमसाथ निश्चित राइड पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ। कम्पनीले असोज ३० मा पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी लक्की ड्रमार्फत बम्पर पुरस्कार घोषणा गर्ने छ।त्यसैगरी ग्राहकका लागि पनि पठाओले आफ्नो एपमा छुट नै छुट लिएर आएको छ। जसअनुसार ग्राहकले फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट पाउनेछन्।  
Tags: