द नेक्स्टको ‘द नेक्स्ट स्कलारशीप डे २०२३’, विदेश अध्ययनका विषयमा समर्ग जानकारी दिइने

Image
काठमाडौं – द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी प्र्रा.लिले ‘द नेक्स्ट स्कलारशीप डे २०२३’ आयोजना गर्ने भएको छ। आगामी शनिवार (३० सेम्टेम्बर २०२३) विशेष कार्यक्रम गर्न लागिएको बताइएको छ । सम्बन्धित स्थानमै विद्यार्थीको मूल्यांकन, छात्रवृत्ति, शुल्क,इन्टेक र विश्वविद्यालय छनौटमा सघाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको द नेक्स्टका प्रमुख कार्यकारी अधिकृत शालिकराम भण्डारीले जानकारी दिए। कार्यक्रम बिहान ११ देखि ४ बजेसम्म द नेक्स्टको नयाँ बानेश्वरस्थित कार्यालयमा गरिने भएको छ । द नेक्स्टले उपत्यका बाहिर पनि विभिन्न ठाउँमा कार्यक्र गरिरहेको भण्डारीले जानकारी दिए । ‘द नेक्स्ट स्कलारशीप डे २०२३’ किन त ? भण्डारी भन्छन्, शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी वेस्ट कोर्स र फि स्ट्रक्चरका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने,‘ फरक फरक कोर्स र छात्रवृत्तिका बारेमा जानकारी पाउन, अष्ट्रेलिया, क्यानाडा, युएसए, यूके लगायतका भिसा एक्पर्टले भिसा प्रोसेसिङ लगायतका जिज्ञासा समाधान गर्न कार्यक्रमले सघाउँछ ।’ सामान्यतया विद्यार्थीले गर्ने साझा कमजोरीका बारेमा जानकारी दिने, आफ्नो सफल भविश्यको खोजी गर्ने जो कोही विद्यार्थीले मौकाको फाइदा उठाउन सकिने उनको भनाइ छ । भिसा काउन्सिलिङ, भर्नासम्बन्धी सिफारिस, आईएलटीएसतथा पीटीईमा ५० प्रतिशत छूट कार्ड, आईईएलटीएस अभ्यास पुस्तिका र पीटीई पुस्तक निशुल्क लगायत गिफ्ट ह्याम्पर लगायतका सुविधा कार्यक्रममा उपलब्ध हुने भण्डारीले जानकारी दिए ।  
Tags: