राष्ट्रपति पौडेल जनकपुरमा – जानकी मन्दिर दर्शन

Image
जनकपुर – राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार यहाँस्थित जानकी मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पूजा अर्चना गरेका हुन्। उनी अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा सहभागी भएका हुन्। राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरेका थिए । महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भवन उदघाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति पौडेल आज बिहान जनकपुर आएका हुन्। राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए।
Tags: