एसले ‘एक सिक्का’ प्रर्दशन गर्ने

Image
काठमाडौं– एस इन्सटिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीहरुले ‘एक सिक्का’ नाटक प्रदर्शन गर्ने भएकाछन् । यो उनीहरुकोे ‘एस वार्षिक नाटक’ कार्यक्रम अन्तरगत गर्न लागिएको हो । ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको र विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएको बिहीबार काठमाण्डौंमा एक पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिए । यसपालीको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ । जसको नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गरेकाछन् । सो नाटक नेपाल प्रज्ञा प्रष्ठिानमा असार ३२ गते शनिबार दिउसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिने आयोजकले जनाएको छ । एस इन्सटिट्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिप कुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकका बारेमा जानकारी गराएका थिए । साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुती पनि रहेको थियो ।
Tags: