विदेशमा गरेको एसएसएफ कट्टी आइएमईमार्फत नेपालमा जम्मा

Image
काठमाडौं – अब विदेशमा गरेको कमाइबाट गरिने सामाजिक सुरक्षा कोष कट्टी आइएमईमार्फत जम्मा गर्न सकिने भएको छ । आइएमईले विदेशमा रहेका नेपाली कामदार कर्मचारीले सामाजिक सुरक्षा कोष (एसएसएफ)मा योगदानबापतको रकम जम्मा गर्ने सुविधा शुरू गरेको हो । यसबाट विदेशस्थित आइएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्ने भएको हो । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसा कायम राख्न थप सेवा प्रदान गरिएको बताए । आइएमई यो सुविधा ल्याउने पहिलो रेमिट्यान्स कम्पनी भएको बताइएको छ । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको प्रवद्र्धनमा समेत यो सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलको अपेक्षा छ । सामाजिक सुरक्षा योजनाअन्तर्गत नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम रू. २ हजार २०० मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था छ ।
Tags: