प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम

Image
काठमाडौं – प्राइम कमर्सियल बैंकले आइतवार रक्तदान कार्यक्रम गरेको छ । स्थापनाको १७औं वर्ष प्रवेशको अवसरमा बैंकले रक्तदान कार्यक्रम गरेको हो । कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा बैंकले केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूको सहभागिता थियो । उक्त कार्यक्रममा कुल ५१ जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदाता कर्मचारी तथा सहभागीलाई सम्मान स्वरुप बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले प्रशंसा पत्र प्रदान गर्दै भविष्यमा पनि यस्तै सहयोग पाउने अपेक्षा रहेको बताएका थिए ।
Tags: