नेपाल बैंकले सञ्चालनमा ल्यायो अत्याधुनिक कल सेन्टर

Image
काठमाडौं – नेपाल बैंक लिमिटेडले अत्याधुनिक कल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । कल सेन्टर बंैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेस प्रालिका प्रमुख कार्यकारी अधिकृत रुपेशभक्त श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउने बताए । कलश सर्भिसेस प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल बैंकसँगको सहकार्यले उत्साह थपेको बताए । ०१–५९७१२२२ नम्बर रहेको कल सेन्टरले बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल समाधान गर्ने तथा वित्तीय सेवासम्बन्धी समसामयिक जानकारी प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।
Tags: