
काठमाडौं– नेपाली जुत्ता चप्पल उत्पादक समूहले ललितपुरमा ‘वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’ आयोजना गर्ने तयारीगरेको छ। बुधवारदेखि हुने मेला ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ मुख्य नारासहित गर्न लागिएको हो ।
स्वदेशमा उत्पादित जुत्ता चप्पल र स्वदेशी व्राण्ड आम उपभोक्ताबीच परिचित गराउन र आम उपभोक्तालाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई उपभोक्ताको रुचि जगाउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । ललितपुरको जाउलाखेल खेल मैदानमा मेला आयोजना हुने बताइएको छ ।
मेलाले उद्योगी व्यावसायीलाई व्यवसाय तर्फ सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका सहयोग पुग्ने आयोजकको अपेक्षा छ । मेलामा ११ कम्पनी र ब्राण्डको सहभागिता रहने बताइएको छ । मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलव्ध हुने र न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छूटको रहने आयोजकको भनाइ छ ।